सड़क दुर्घटनामा पूर्व रेलकर्मीको मृत्यु
सड़क दुर्घटनामा पूर्व रेलकर्मीको मृत्यु


बाँकुड़ा, 14 नोभेम्बर (हि.स.)। बाँकुड़ा जिल्लाको रायपुर-हलुदकानाली राज्य सड़कमा गए बिहीवार अबेर राती भएको सड़क दुर्घटनामा एकजना पूर्व रेलकर्मीको मृत्यु भयो भने बाइक सवार गम्भीर रूपमा घाइते भए। मृतकको पहिचान पुरानडिही निवासी 64 वर्षीय आदित्य महतोको रूपमा भएको छ।

पुलिस सूत्र अनुसार आदित्य महतो बिहीवार राती पैदल घर फर्किरहेका थिए। सोही समय मदनदिडी निवासी रमेस महतो बाइक मार्फत रायपुर तर्फ गइरहेका थिए। रायपुरको पीड़रा गाउँ नजिक बाइक अऩियन्त्रित आदित्यलाई ठक्कर दियो जसले गर्दा दुवै सड़कमा लड़े।

स्थानीय मानिसहरूले तुरून्तै दुवैलाई खंतरा महकुमा अस्पतालमा पुऱ्याए जहाँ चिकित्सकहरूले आदित्य महतोलाई मृत घोषित गरिदिए। गम्भीर रूपमा घाइते रमेश महतोको टाउको र अनुहारमा चोट लागेको छ। प्राथमिक उपचारपछि उनलाई बाँकुड़ा मेडिकल कलेज एवं अस्पतालमा रेफर गरियो। पुलिसले शवलाई पोस्टमर्टम गर्नको लागि पठाइदिएर दुर्घटनाको कारण पत्तो लगाउन जाँच गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande