एगरामा स्वर्ण व्यवसायीमाथि धोकाधड़ीको आरोप, करोड़ौंको ठगी गरेर भाग्यो
एगरामा स्वर्ण व्यवसायीमाथि धोकाधड़ीको आरोप, करोड़ौंको ठगी गरेर भाग्यो


पूर्व मेदिनीपुर, 14 नोभेम्बर (हि. स.)। एगरा–1 ब्लकको जेरथान क्षेत्रमा स्वर्ण व्यवसायी शेख सत्तारद्वारा करोड़ौं रुपियाँको सुन र नगद लिएर भागेको आरोप लगाइेको छ। यस घटनाको कारणले सम्पूर्ण क्षेत्रमा तनाउ अनि व्यापक आक्रोश व्याप्त भएको छ।

स्थानीय सूत्र अनुसार शेख सत्तारले पछिल्लो चार वर्षदेखिको क्षेत्रस्थित एक भाड़ाको दोकानमा सुनको व्यवसाय गर्दै आइरहेको थियो। यसै अवधि उसले मानिसहरूको भरोसा जितेर व्यापक रूपमा आर्थिक धोकाधड़ी गऱ्यो।

स्थानीय मानिसहरूको आरोप छ, शेख सत्तारले ग्राहकहरूबाट पुरानो सुन लिएर नयाँ गहना बनाइदिने वाचा गर्थ्यो जसको लागि उसले अग्रिम नगद पनि लिन्थ्यो। धेरैजना मानिसहरूले उसलाई आफ्नो बहुमूल्य गहना र लाखौं रुपियाँ सुम्पिसकेका थिए। गत मंगलवार साँझदेखि नै दोकान बन्द साथै फोन पनि बन्द आइरहेकोले मानिसहरूलाई शंका लाग्यो। पछि थाहा लाग्यो कि करोड़ौं रुपियाँको सुन र नगद लिएर उसले सुइँकुच्चा ठोकिसकेको छ।

स्थानीयहरूको भनाइ छ, शेख सत्तारले आधार कार्डमा हुगली जिल्लाको ठेगाना दिएको थियो जबकि एक वर्गलाई शंका लागेको छ, उसले आफ्नो वास्तविक पहिचान लुकाएको हुनसक्छ। यसबाट क्षेत्रमा कोकोहोलो मचिएको छ।

गए बिहीवार अबेर राती पुलिसले बतायो, सिकायतको आधारमा एगरा थाना पुलिसले मामिला दर्ता गरेको छ। सुन व्यवसायी शेख सत्तारलाई खोज्नको लागि छापामारी पनि शुरू गरेको छ। पुलिसको भनाइ छ, शुरूआती जाँचमा यो मामिला संगठित आर्थिक धोकाधड़ी प्रतीत भइरहेको छ।

यता आफ्नो जीवनभरिको कमाई र गहना गुमाइसकेका पीड़ित परिवारहरू गहिरो शोकमा परेका छन् जसले चाँड़ै कारबाही गर्ने माग गरिरहेका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande