राज्यपालले गरे मुख्यमन्त्रीको शिघ्र स्वास्थ्यलाभको कामना
राज्यपालले गरे मुख्यमन्त्रीको शिघ्र स्वास्थ्यलाभको कामना


गान्तोक, 14 नोभेम्बर (हि.स.)।

सिक्किमका राज्यपाल ओमप्रकाश माथुरले मुख्यमन्त्री प्रेमसिंह तामाङको अस्वस्थताको खबर पाएपछि चिन्ता व्यक्त गर्दै र उनको शिघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।‌ राज्यपालले अस्पताल व्यवस्थापन र मुख्यमन्त्रीका निजी सचिवबाट उनको स्वास्थ्य अवस्थाको जानकारी लिएका छन्।

शुक्रवार बिहान जारी एक प्रेस विज्ञप्तिमा राज्यपालले भने,

“माननीय मुख्यमन्त्री श्री प्रेमसिंह तामाङजी हिजो राति केही अस्वस्थ हुनुहुन्थ्यो। उहाँको अवस्था अहिले राम्रो भएको थाहा पाउँदा मलाई खुशी लाग्यो। म प्रभुसँग प्रार्थना गर्दछु कि उहाँलाई छिटो पूर्ण स्वास्थ्य लाभ होस्।”

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande