चेन्नई हवाईअड्डामा 30 करोड़ रुपियाँको उच्च गुणस्तरीय भांग जफत, तीन आरोपी पक्राउ
चेन्नई हवाईअड्डामा 30 करोड़ रुपियाँको उच्च गुणस्तरीय भांग जफत, तीन आरोपी पक्राउ


चेन्नई, 14 नोभेम्बर (हि.स.)। तमिलनाडुमा सीमा शुल्क विभागका अधिकारीहरूले शुक्रवार थाइल्याण्डदेखि चेन्नईमा तस्करी गरी भित्राइएको लगभग 30 करोड़ रुपियाँको उच्च गुणस्तरीय हाइड्रोपोनिक भाग जफत गरेका छन्।

हवाईअड्डाका सीमा शुल्क अधिकारीहरूलाई गोपनीय सूचना प्राप्त भएको थियो कि विदेशबाट चेन्नई अन्तर्राष्ट्रिय हवाईअड्डामा आउने विमानहरूमा उच्च गुणस्तरको भांग सहित भारी मात्रामा मादक पदार्थको तस्करी गरिँदैछ। सूचनाको आधारमा अधिकारीहरूले विदेशबाट आउने यात्रीहरूको सामानको गहन जाँच शुरू गरे जसमा यो भांग भेटियो।

अधिकारीहरू अनुसार आज बिहान थाइल्याण्डको राजधानी ब्यांककदेखि एक निजी यात्री विमान चेन्नई आइपुग्यो। विमानमा सवार यात्रीहरूको गहन जाँच गरियो जसमा उत्तरी राज्यका तीनजना पुरूष यात्रीहरूलाई सन्देहको आधारमा जाँचबुझ गर्दा थाहालाग्यो कि उनीहरू तीनैजना पर्यटक भिजामा थाइल्याण्ड गएका थिए।

अधिकारीहरूले बताए, जाँचबुझको क्रममा आरोपीहरूले विरोधाभासी जवाफ दिए जसले गर्दा उनीहरूलाई एउटा भिन्नै कोठामा लगेर जाँच गरियो साथै उनीहरूको सामानको पनि जाँच गरियो जसमा उनीहरूको ब्यागबाट खाने चिजमा लुकाएर राखिएको हाइड्रोपोनिक नामक उच्च गुणस्तरीय गाँजा जफत गरियो। लगभग 30 किलोग्राम हाइड्रोपोनिक उच्च-श्रेणीको उक्त गाँजाको अन्तर्राष्ट्रिय बजारमा लगभग 30 करोड़ रुपियाँ मूल्य रहेको छ।तीनैजना आरोपीहरूलाई पक्राउ गरी मादक पदार्थ नियन्त्रण अधिनियम तथा शुल्क अधिनियम अन्तर्गत मामिला दर्ता गरिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande