
नयाँ दिल्ली, 14 नोभेम्बर (हि.स.)। आम आदमी पार्टी (आआपा)- का राष्ट्रिय संयोजक औ दिल्लीका पूर्व मुख्यमन्त्री अरविन्द केजरीवालले शुक्रवार देशका प्रथम प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरूको जयन्तीमा उनलाई श्रद्धाञ्जली अर्पण गरे। साथै 'बाल दिवस'- को अवसरमा बाल-बालिकाहरूको उज्जवल भविष्यको कामना गरे।
अरविन्द केजरीवालले सोशल मीडिया एक्समा पोस्ट गरे, देशका पहिलो प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरूको जयन्तीमा उनलाई नमन गर्दछु। उनले भने, सबैले मिलेर बाल दिवसको अवसरमा बाल-बालिकाहरूको सपनालाई साकार बनाउनको लागि प्रण गर्नुपर्छ, किनभने बाल-बालिकाहरूले नै भोलिको भारत बनाउनेछन्।
उल्लेखनीय छ, हरेक वर्ष 14 नोभेम्बरमा नेहरूको जन्मदिवस मनाइन्छ जसलाई बाल दिवसको रूपमा चिनिन्छ। नेहरूलाई बाल-बालिकाहरूप्रति विशेष लगाउ थियो जसले गर्दा उनको जन्मदिनलाई बाल-बालिकाहरूको उत्सवको रूपमा देशभरि नै मनाइन्छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा