
गान्तोक, 14 नोभेम्बर (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङ अस्वस्थ भएपछि अस्पतालमा भर्ती गरिएको छ। बिहिबार साँझदेखि रम्फूमा आयोजित 'सिक्किम आइडल सिजन 2' को ग्राण्ड फिनालेमा मुख्यमन्त्री तामाङ अचनाक अस्वस्थ भएपछि राति नै राजधानीको मणिपाल अस्पतालमा भर्ती गरिएको हो।
मुख्यमन्त्री कार्यालय अनुसार, मुख्यमन्त्री प्रेमसिंह तामाङको नाकबाट सामान्य रगत बगेपछि र उच्च रक्तचाप देखिएपछि मेडिकल उपचारका लागि मणिपाल अस्पताल, तादोङमा भर्ती गरिएको छ। वर्तमानमा उनी अस्पतालमा परीक्षणमा छन् र उनको स्वास्थ्य स्थिर अनि राम्रो छ। यसैगरी, मुख्यमन्त्रीका सुपुत्र एवं विधायक आदित्य गोलेले पनि एउटा भिडियो सन्देश जारी गरेर मुख्यमन्त्रीको स्वास्थ्य अहिले स्थिर रहेको जानकारी गराएका छन्। उनले मुख्यमन्त्रीलाई रातभरि अस्पतालमा चिकित्सकहरूको निगरानीमा राखिने शुक्रवार छुट्टी दिइने आशा व्यक्त गरेका छन्।
हिन्दुस्थान समाचार / बिशाल