
पश्चिम मेदिनीपुर, 14 नोभेम्बर (हि.स.)। जिल्लामा अमन धान कटाईको मौसम शुरू हुनपूर्व ग्रामीण क्षेत्रहरूमा हरेक वर्ष सड़क क्षतिग्रस्त हुने समस्यालाई मध्यनजर गर्दै दाँतन पुलिस र प्रशासन सक्रिय भएको छ। धानलाई खेतबाट उठाएर घर वा गोदासम्म पुऱ्याउने क्रममा ट्र्याक्टर र हार्भेस्टरको चक्कामा टाँसिएको हिलोले ग्रामीण सड़कमा झरेर सड़क नै बिगारिदिन्छ। यस समस्यामाथि रोक लगाउनको लागि गए बिहीवार साँझ दाँतन थाना परिसरमा विशेष बैठक आयोजना गरियो।
बैठकमा दाँतन–1 र दाँतन–2 ब्लकका सबै ट्र्याक्टर अनि हार्भेस्टर मालिक एवं एजेन्टहरूलाई बोलाइयो। प्रशासनले स्पष्ट निर्देश दियो, धान धुवानीको क्रममा सड़कलाई सफा र सुरक्षित राख्ने जिम्मेवारी अब मालिक अऩि एजेन्टहरूको हुनेछ। त्यसैले प्रत्येक मालिकले स्थानीय ग्राम पञ्चायतमा धरौटी जमा गर्ने अनुमति लिनुपर्छ। नियमहरूको अनुपालन नगरिए प्रशासनले कारबाही गर्नेछ।
बैठकमा दाँतन–1 का बीडीओ उत्पल सरदार, दाँतन–2 का बीडीओ अभिरूप भट्टचार्य, दाँतन थाना प्रभारी तिर्थ सरथी हालदार, पञ्चायत समितिका कर्माध्यक्ष दीपक घोष, जनप्रतिनिधि तरुण दास सहित अन्य अधिकारी एवं जनप्रतिनिधिहरू उपस्थित थिए। अधिकारीहरूले सबै मालिकहरूलाई जागरूक गराउँदै भने, धान कटाई अवधि ग्रामीण सड़कको स्वच्छता एवं संरक्षण अत्यन्त आवश्यक छ ताकि आम मानिसहरूको आवागमनमा असुविधा नहोस्।
ग्रामीणहरूले आशा व्यक्त गरे, यसपालि प्रशासनद्वारा उठाइएको कदमबाट धान कटाईको मौसममा सड़क खराब हुने समस्या धेरै हदसम्म नियन्त्रित हुनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा