
इम्फाल, 14 नोभेम्बर (हि.स.)। मणिपुरमा अवैध मादक पदार्थहरूको खेतीविरूद्ध व्यापक रूपमा संचालित अभियान अन्तर्गत सुरक्षा बलहरूले उखरूल जिल्लामा वृहत क्षेत्रमा फैलिएको अफिमको खेतीलाई नष्ट गरिदिए। यस अभियानलाई वन विभाग सहित केही सरकारी एजेन्सीहरूको समन्वयबाट परिणाम दिइयो।
संयुक्त टीमले गए 13 नोभेम्बरको दिन लिटन थाना अन्तर्गत मुल्लम पहाड़ी श्रृङ्खलामा छापा मारेर लगभग 35 एकड़मा फैलिएको पपीको फसलाई उखालेर जलाइदियो। टीमले त्यहाँ रहेको तीन वटा अस्थायी झोपड़ीहरूलाई पनि भत्काइदियो जसलाई खेती गर्ने मानिसहरूले आश्रयस्थलको रूपमा प्रयोग गर्ने गर्दथे।
यसको एक दिनअघि 12 नोभेम्बरमा कांगपोकपी जिल्लामा पनि यस्तै प्रकारको ठूलो कारबाही गरिएको थियो। यस कारबाहीमा थोंगलांग अकुटपा र सोंगजांग पहाड़ी श्रृङ्खलाबीचको क्षेत्र अनि कांगचुप थाना अन्तर्गत आउलमुन गाउँमा लगभग 56 एकड़ पपीको खेतीलाई नष्ट गरियो। अभियान अवधि सुरक्षा बलहरूले 19 खेत-झोपड़ीहरूलाई भत्काउनको साथै दश बोरा खाद र नौ बोरा नून जफत गरी नष्ट गरियो।
अधिकारीहरू अनुसार लगातार दुईसम्म चलेको यो कारबाही ती अवैध नेटवर्कलाई भत्काउनको लागि गरिएको हो जसले पहाड़ी क्षेत्रहरूमा मादक पदार्थको श्रृङ्खलालाई मजबुत बनाइरहेको थियो। उनीहरूले बताए, नशा उत्पादनविरूद्ध यस्तो समन्वित अभियान आगामी दिनमा पनि जारी रहनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा