एसआईआरको समीक्षा गर्न ईसीआईका वरिष्ठ अधिकारीहरूले 18 नोभेम्बरमा पश्चिम बंगालको भ्रमण गर्ने
एसआईआरको समीक्षा गर्न ईसीआईका वरिष्ठ अधिकारीहरूले 18 नोभेम्बरमा पश्चिम बंगालको भ्रमण गर्ने


कोलकाता, 14 नोभेम्बर (हि. स.)। भारत चुनाउ आयोग (ईसीआई)- का वरिष्ठ उपचुनाउ आयुक्त ज्ञानेश भारतीको नेतृत्वमा अधिकारीहरूको एक प्रतिनिधिमण्डल आगामी 18 नोभेम्बरको दिन पश्चिम बंगालमा आइपुग्नेछ। यो टीमले राज्यमा भइरहेको मतदाता सूचीको विशेष संक्षिप्त पुनरीक्षण (एसआईआर)- को प्रगतिको विस्तृत मूल्यांकन गर्नेछ। चुनाउ आयोगका एकजना वरिष्ठ अधिकारीले शुक्रवार बिहान यस आशयको जानकारी दिएका हुन्।

उनले बताए, प्रतिनिधिमण्डलले आफ्नो प्रवास अवधि राज्यका विभिन्न जिल्लाहरूको भ्रमण गरी त्यहाँको धरातलीय स्तरमा एसआईआरको कार्यप्रणालीको जाँच गर्नेछ।

यसैबीच आगामी 21 नोभेम्बरमा पूर्ण रूपमा समीक्षा बैठक (एफएलसी) निर्धारण गरिएको छ जसमा राज्यका सबै जिल्ला चुनाउ अधिकारी (डीईओ)-लाई बोलाइएको छ। यस महत्वपूर्ण बैठकमा राष्ट्रिय अनि राज्य स्तरका आठ वटा राजनीतिक पार्टीका प्रतिनिधिहरूले भाग लिनेछन्। यो सत्र ईसीआईको ईभीएम संचालन प्रभारी वरिष्ठ उपचुनाउको अध्यक्षतामा हुनेछ।

अधिकारीले बताए, आगामी 21 नोभेम्बरको समीक्षा बैठकमा जिल्ला अनि ब्लकमा एसआईआर गतिविधिहरूको वर्तमान गति, बीएलओको कार्य प्रदर्शन तथा सिकायत निवारण तन्त्रको स्थितिको ध्यानपूर्वक मूल्यांकन गरिनेछ।

आगामी दौड़ाहको मुख्य उद्देश्य एसआईआर प्रक्रियालाई पारदर्शी, त्रुटिरहित औ निष्पक्ष बनाइराख्नु रहेको छ। बैठकमा ईभीएमको तयारी तथा अद्यतन मतदाता सूचीको व्यापक समीक्षामाथि विशेष बल दिइने सम्भावना छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande