राज्यमा जाड़ोको प्रभाव जारी, कोलकाताको न्यूनतम तापमान 17 डिग्री
राज्यमा जाड़ोको प्रभाव जारी, कोलकाताको न्यूनतम तापमान 17 डिग्री


हुगली, 14 नोभेम्बर (हि.स.)। राज्यभरि नै शीतलहरको प्रभाव यथावत छ। शुक्रवार पनि कोलकाताको न्यूनतम तापमान लगभग 17 डिग्री सेल्सियस दर्ता गरियो। मौसम विभागको भनाइ छ, हाल उत्तरी हावा सोझै राज्यमा प्रवेश गरिरहेको छ। बंगालको खाड़ीमा कुनै मौसमीय प्रणाली विकास नभएको कारणले चिसो हावा आउँदा बाधा दिने केही पनि छैन।

बिहानी पख राज्यका केही जिल्लाहरूमा हल्का कुहिरो देखियो। तटीय प्रदेश एवं उत्तर बंगालका पार्वतीय क्षेत्रहरूमा कुहिरो लाग्ने सम्भावना अधिक रहेको छ। यद्यपि दिन बित्दै जाँदा दृश्यता पनि बढ्दै गएको कारणले मौसम सफा छ।

अलिपुर मौसम कार्यालयले बतायो, शनिवारसम्म मौसममा कुनै ठूलो परिवर्तन आउने सम्भावना छैन। आइतवारदेखि तापमान हल्का बढ़्नसक्छ। दक्षिण बंगालका केजी जिल्लाहरूमा तातो पूर्वी हावा चल्ने सम्भावना छ जसकारण आइतवारदेखि मंगलवारबीच तापमान दुई-तीन डिग्री बढ़्नसक्छ।

उत्तर बंगाल हाल पूर्ण रूपले शुष्क रहनेछ। मौसम विभागले भनेको छ, यहाँ पानी पर्ने कुनै सम्भावना छैन। तापमान सामान्यभन्दा दुई-तीन डिग्री सेल्सियससम्म कम रहनसक्छ। आगामी छः-सात दिनसम्म जाड़ोको प्रभाव कायम रहनेछ। तापमानमा पनि कुनै ठूलो उतार-चढ़ाउ आउने आशा छैन।

शुक्रवार कोलकाताको अधिकतम तापमान लगभग 28 डिग्री सेल्सियस औ न्यूनतम तापमान 17 डिग्री सेल्सियस रहनसक्छ भने गए बिहीवार अधिकतम तापमान 27.7 डिग्री सेल्सियस दर्ता गरियो जुन सामान्यभन्दा 2.9 डिग्री कम हो। शुक्रवार बिहान न्यूनतम तापमान 17.1 डिग्री सेल्सियस रह्यो जुन सामान्यभन्दा 3.2 डिग्री कम हो। हावामा नमीको मात्रा अधिकतम 91 प्रतिशत अनि न्यूनतम 41 प्रतिशत दर्ता गरियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande