एसआईआर : एन्‍युमरेशन फारममा गलत तस्वीर, कोलाघाटमा खैलाबैला
एसआईआर : एन्‍युमरेशन फारममा गलत तस्वीर, कोलाघाटमा खैलाबैला


पूर्व मेदिनीपुर, 14 नोभेम्बर (हि.स.)। पश्चिम बंगालमा पनि एसआईआरलाई लिएर निरन्तर विवाद भइरहेको छ। कतै राजनीतिक आरोप-प्रत्यारोप भइरहेको छ भने कतै बीएलओ कर्मीमाथि लापरवाही गरेको आरोप लागिरहेको छ। यसै क्रममा अब पूर्व मेदिनीपुर जिल्लाको कोलाघाट ब्लक अन्तर्गत एउटा गाउँमा एन्युमरेशन फारमसित सम्बन्धित गम्भीर त्रुटि सामु आएको छ।

जानकारी अनुसार खन्याडिही ग्राम पञ्चायत क्षेत्रको रामचन्द्रपुर दक्षिण पाड़ास्थित बूथ संख्या- 37 का केही मतदाताहरूलाई दिइएको फारममा व्यापक रूपमा त्रुटि पाइएको छ। केही मामिलामा फारम एकजनाको नाममा छ तस्वीर अर्कैको छ।

स्थानीय मतदाता अशोक घाटाको नाममा जारी फारममा उनको स्थानमा एक अपरिचित महिलाको तस्वीर छापिएको छ। यसै बूथकी मतदाता बिमला दासको फारममा पनि एक अज्ञात पुरूषको तस्वीर छापिएकोले क्षेत्रमा असमञ्जस तथा चिन्ता फैलिएको छ।

यस मामिलामा सम्बन्धित बीएलओ रिंकु प्रामाणिकले भनिन्, उनलाई निर्वाचन आयोगले उपलब्ध गराएको फारम नै मतदाताहरूलाई वितरण गरेकी हुन्। उनले बताइन्, त्रुटिको सम्बन्धमा उनले आफ्ना वरिष्ठ अधिकारीहरूलाई जानकारी दिएकी छन्। बीएलओले यो पनि स्पष्ट पारिन्, फारम जमा गरेपछि पनि मतदाताहरूले गलती सुधार्ने अवसर पाउनेछन्।

घटनालाई लिएर स्थानीय भाजपा नेताले रोष व्यक्त गर्दै भने, यस्तो महत्वपूर्ण कार्यमा यसप्रकारको गल्ती स्वीकार्य छैन। पहिलाबाटै एसआईआर प्रक्रियालाई लिएर आम मानिसहरू डर भ्रममा छन्। आयोगले अत्यधिक सतर्कता अप्नाउनुपर्छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande