बिहार चुनाउ परिणामको प्रारम्भिक रुझानमा एनडीए विजयतर्फ, भाजपा मुख्यालयमा उत्सवको माहोल
nda leading


नयॉं दिल्ली, 14 नोभेम्बर (हि.स.)। बिहार विधानसभा चुनाउको मतगणना जारी छ। प्रारम्भिक रुझानले राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) विजयतर्फ अघि बढिरहेको देखिन्छ। यसैबीच, भारतीय जनता पार्टी मुख्यालयमा उत्सवको माहोल छ। परिणामको होहल्ला र चहलपहलको बीचमा मुख्यालयमा परम्परागत बिहारी खानाको सुगन्ध फैलिरहेको छ, पार्टी कार्यकर्ता र नेताहरूका लागि तातो सत्तु पराठा र जलेबी तयार गरिॅंदैछ।

केटररले भने, जलेबी, सत्तु पराठा र बैंगुन चोखा तयार पारिॅंदैछ। लिट्टी-चोखा पनि तयार छ।

यसैबीच, भाजपा नेता शाहनवाज हुसेनले बिहार विधानसभा चुनाउ परिणामको प्रारम्भिक रुझानमा टिप्पणी गर्दै भने, गणनाका धेरै चरणहरू पूरा भइसकेका छन्, र यो स्पष्ट छ कि हामी ठूलो बहुमतका साथ अगाडि छौं। हामी जित्दैछौं र सरकार बनाउँदैछौं। हामीलाई प्रधानमन्त्री नरेन्द्र मोदी र नीतीश कुमारमा पूर्ण विश्वास छ, र यो विश्वासले हामी सरकार बनाउँदैछौं।

उल्लेखनीय छ, बिहारको २४३ विधानसभा सिटको लागि दुई चरणमा मतदान भएको थियो। सरकार बनाउन आवश्यक बहुमत १२२ छ। रुझानले एनडीएले १५० भन्दा बढी सिट जितेको देखाइरहेको छ। दिउँसोसम्म स्थिति स्पष्ट हुनेछ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande