मुख्यमन्त्रीले डीटीसीका 50 वटा नयाँ बसहरूलाई देखाइन् हरियो झण्डी
मुख्यमन्त्रीले डीटीसीका 50 वटा नयाँ बसहरूलाई देखाइन् हरियो झण्डी


नयाँ दिल्ली, 14 नोभेम्बर (हि.स.)। दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले शुक्रवार दिल्ली परिवहन निगम (डीटीसी)- का 50 वटा नयाँ इलेक्ट्रिक बसहरूलाई हरियो झण्डा देखाएर प्रस्थान गराइन्। यस अवसरमा उनले ओखलाको तेहखण्डस्थित डीटीसी डिपोमा स्वचालित परीक्षण स्टेशन (एटीएस)-को शिलान्यास पनि गरिन्।

यस अवसरमा मुख्यमन्त्री रेखा गुप्ताले भनिन्, दिल्लीको यो दोस्रो ठूलो स्वचालित परीक्षण स्टेशन मार्चसम्म पूरा हुनेछ जहाँ लगभग 72 हजार वाहनहरूको वार्षिक टेस्टिंगको अत्याधुनिक व्यवस्था हुनेछ। यसबाट वाहन फिटनेसको प्रक्रिया अझ बढ़ी सुरक्षित, पारदर्शी र तकनिकमाथि आधारित बन्नेछ।

उनले भनिन्, प्रदूषण नियन्त्रणको लागि हाम्रो सरकारले पब्लिक ट्रान्सपोर्टलाई द्रूत गतिले ईभी मोडमा स्विच गरिरहेको छ। आज डीटीसीको बेड़ामा 50 वटा नयाँ ईभी बसहरू सामेल हुनु यसै दिशामा एउटा ठूलो कदम हो। यसले प्रदूषणलाई घटाउन सहयोग मात्र नगरेर यात्रीहरूलाई अधिक आरामदायक तथा पर्यावरण अनुकूल यात्रा पनि प्रदान गर्नेछ।

मुख्यमन्त्रीले भनिन्, प्रदूषणलाई नियन्त्र गर्नको लागि हाम्रो सरकारले हरेक मोर्चामा काम गरिरहेको छ। मैला-कुचैलाको पहाड़लाई हटाइँदैछ, सफाई अभियानहरूलाई युद्धस्तरमा संचालन गरिँदैछ, धूलो नियन्त्रण, म्याकेनिकल स्वीपिंग र वाटर स्प्रिंगलिंगलाई तीव्रता दिइएको छ तथा दिल्लीलाई हरियाली बनाउनको लागि प्रयास भइरहेको छ।

यस अवसरमा दिल्लीका परिवहन मन्त्री पंक सिंह र सांसद रामवीर सिंह बिधुड़ी सहित अनेकौं गण्यमान्य मानिसहरू उपस्थित थिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande