
गान्तोक, 14 नोभेम्बर (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङलाई अस्पतालबाट डिस्चार्ज गरिएको छ। हिजो सॉंझ अचानक अस्वस्थ भएपछि मुख्यमन्त्रीलाई तादोङस्थित मणिपाल अस्पतालमा भर्ती गरिएको थियो।
मुख्यमन्त्री तामाङ हिजो सॉंझ रम्फूमा आयोजित 'सिक्किम आइडल सिजन 2' को ग्राण्ड फिनालेमा मुख्य अतिथिको रूपमा सहभागी बनेका थिए। कार्यक्रम अवधि उनी अचानक अस्वस्थ भएपछि उनलाई मणिपाल अस्पतालमा ल्याएर भर्ती गरियो। नाकबाट सामान्य रगत बगेको र उच्चरक्त चापका कारण उनी अस्वस्थ भएको बताइएको छ।
मुख्यमन्त्रीलाई राति अस्पतालमा अवलोकनको लागि राखिएको थियो। उनलाई आज अस्पतालबाट छुट्टी दिइएको छ। मणिपाल अस्पतालले मुख्यमन्त्री तामाङको स्वास्थ्यको सम्बन्धमा बुलेटिन जारी गरेर मुख्यमन्त्री अहिले स्वस्थ रहेको र उनलाई अस्पतालबाट छुट्टी दिइएको जानकारी गराएको छ।
हिन्दुस्थान समाचार / बिशाल