तरनतारन उपचुनाउमा फेरि आआपाको जित, अकाली दलकी सुखविन्दर कौर पराजित
हरमीत सिंह सन्धु


चण्डीगढ़, 14 नोभेम्बर (हि.स.)। सत्तारुढ़ आम आदमी पार्टीले पञ्जाबको तरनतारन विधानसभा उपचुनाउमा फेरि एक पटक जित हासिल गरेको छ। आम आदमी पार्टी (आआपा) का हरमीत सिंह सन्धुले शिरोमणी अकाली दलकी सुखविन्दर कौरलाई १२,०९१ मतले पराजित गरे। उपचुनाउमा कांग्रेस चौथो स्थानमा र भाजपा पाँचौं स्थानमा रह्यो।

तरनतारन सिट पहिले आआपको नियन्त्रणमा थियो। आआपा विधायक कश्मीर सिंह सोहलको मृत्युपछि यहाँ उपचुनाउ भएको थियो। 11 नोभेम्बरमा तरनतारनमा ६०.९५ प्रतिशत मतदान भएको थियो।

राज्य निर्वाचन आयोगका अनुसार, आम आदमी पार्टीका हरमीत सिंह सन्धुले कुल ४२,६४९ मत प्राप्त गरेका छन्। दोस्रो स्थानमा रहेकी शिरोमणी अकाली दलकी सुखविन्दर कौरले ३०,५५८ मत प्राप्त गरिन्। चौथो पटक यस निर्वाचन क्षेत्रमा विजयी भएका हरमीत सिंह सन्धुले अकाली दलकी उम्मेदवारलाई १२,०९१ मतले पराजित गरे।

यस उपचुनाउमा तेस्रो स्थानमा कट्टरपन्थी सांसद अमृतपाल सिंहको पार्टी अकाली दल (वारिस पञ्जाब) का उम्मेदवार मनदीप सिंह खालसा थिए, जसले १९,६२० मत प्राप्त गरे। कांग्रेसका उम्मेदवार करणबीर सिंह १५,०७८ मत प्राप्त गरी चौथो स्थानमा रहे भने भाजपाका हरजीत सिंह सन्धु ६,२३९ मत प्राप्त गरी पाँचौं स्थानमा रहे।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande