
गान्तोक, 14 नोभेम्बर (हि.स.)। दार्जिलिङका सांसद राजु विष्टले सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङको स्वास्थ्यप्रति चिन्ता व्यक्त गर्दै उनलाई प्रर्याप्त विश्राम गर्न र सावधानी अपनाउन आग्रह गरेका छन्।
उल्लेख्य, मुख्यमन्त्री तामाङ बिहिवार सॉंझ अचानक अस्वस्थ भएपछि राजधानीको मणिपाल अस्पतालमा भर्ती गरिएको थियो। अस्पतालमा राज्यभरि चिकित्सकहरूको निगरानीमा बसेपछि मुख्यमन्त्रीलाई आज अस्पतालबाट छुट्टी दिइएको छ।
दार्जिलिङका सांसद विष्टले आज सामाजिक सञ्जाल फेसबुक पोस्टमा मुख्यमन्त्री तामाङको स्वास्थ्यमा सुधार आएको जान्न पाउॅंदा खुशी लागेको बताएका छन्। उनले दार्जिलिङ पहाड़, तराई र डूवर्सका जनताको तर्फबाट प्रर्याप्त विश्राम गर्न र सावधानी अपनाउन आग्रह गरेका छन्।
सांसद विष्टले मुख्यमन्त्री तामाङ सिक्किमका मात्र मुख्यमन्त्री होइनन्, तर भारतभरिका गोर्खा समुदायको अभिभावक पनि रहेको उल्लेख गरेका छन्। महाकाल बाबा र सिञ्चेल देवी माताले मुख्यमन्त्रीलाई सुरक्षित राखुन् र सुस्वास्थ्य प्रदान गरुन् भनी उनले कामना पनि गरेका छन्।
हिन्दुस्थान समाचार / बिशाल