
जलपाइगढी, 14 नोभेम्बर (हि. स.)। जलपाइगढी जिल्लामा एकजना पिताले छोरीको विशेष गहन पुनरीक्षण (एसआइआर)-सित सम्बन्धित गणना प्रत्र नपाउँदा कथित रूपमा आत्महत्या गरेका छन्। यो दाबी पीड़ित परिवारले शुक्रवार गरेको हो। घटना जिल्लाको राजगञ्ज ब्लकको बिन्नागुड़ी ग्राम पञ्चायतको आमबाड़ीमा भएको हो।
सूत्र अनुसार, आमबाड़ीको कामरविटा बूथ निवासी भुवन चन्द्र रायकी छोरी शिवानी राय (31)-को विवाह केही वर्षपूर्ण अर्को ब्लकमा भएको थियो। विवाह भएपछि पनि तिनी निरन्तर भोट दिन माइत आउने गर्दथी। भनिन्छ, भुवन चन्द्र राय, उनकी पत्नी र छोराको नाममा गणना फारम आइसकेको छ, तर छोरीको नाममा फारमै आएको छैन। भुवन केही दिनसम्म यसै कुरालाई लिएर चिन्तित थिए जसपश्चात गए बिहीवार अबेर राती घर नजिकैको एउटा रूखमा तिनको शव झुण्डिरहेको अवस्थामा भेटियो।
परिवारको दाबी छ, छोरीको नाममा गणना फारम नआएको कारणले भुवनले आत्महत्या गरेका हुन्। घटनापछि पीड़ित परिवारसित भेट गर्न पुगेका राजगञ्जका विधायक खगेश्वर रायले भने, यो मात्र एउटा घटना होइन। पश्चिम बंगालका विभिन्न स्थानहरूमा धेरैजना मानिसहरूले एसआईआरको डरले आत्महत्या गरिसकेका छन्। म पीड़ित परिवारको साथमा छु। उनको छोरीको नाम मतदाता सूचीमा अवश्य पनि सामेल हुनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा