भारत-नेपाल सीमामा बंगलादेशीलाई समातियो
भारत-नेपाल सीमामा बंगलादेशीलाई समातियो


सिलगढ़ी, 02 नोभेम्बर (हि. स.)। भारत-नेपाल सीमामा एकजना बंगलादेशी नागरिकलाई सशस्त्र सीमा बल (एसएसबी)-ले समातेको छ। पक्रा पर्ने बंगलादेशीको नाम हेमल चन्द्र राय हो जो दिनाजपुरको निवासी हो।

एसएसबी सूत्र अनुसार गए शनिवार अबेर राति खोरीबाड़ीको पानीट्याङ्कीस्थित भारत-नेपाल सीमा क्षेत्रबाट संदिग्ध अवस्थामा हेमल चन्द्र रायलाई समातियो। जाँच गर्दा उबाट बंगलादेशी नागरिक पहिचान पत्र अनि भारतीय आधार कार्ड जफत गरियो। जाँचबुझमा एसएसबी जवानहरूलाई थाहा लागेको छ, उ अवैध रूपमा भारतमा प्रवेश गरेको थियो। त्यसपछि आधार कार्ड बनाएर बागडोगरा क्षेत्रमा बस्दै आइरहेको थियो। पक्रा पर्ने बंगलादेशी नागरिकलाई खोरीबाड़ी पुलिसकहाँ सुम्पिइएको छ। खोरीबाड़ी थानाको पुलिस अग्रिम कानूनी कारबाहीमा जुटेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande