
कोलकाता, 02 नोभेम्बर (हि.स.)। पश्चिम बंगालमा मतदाता सूची सुधारलाई लिएर ठूलो कदम उठाउँदै चुनाउ आयोगले स्पष्ट पारेको छ, आगामी 4 नोभेम्बरदेखि शुरू हुने स्पेशल इन्टेन्सिभ रिभ्यु (एसआईआर) अवधि फारम समयमा जमा नगर्ने मानिसहरूको नामलाई एउटा भिन्नै सूचीमा राखिनेछ।
आयोगका एक जना अधिकारीले बताए, ड्राफ्ट मतदाता सूची आगामी 9 दिसम्बरमा आउनेछ। तर त्यस अगावै यो स्पष्ट पारिनेछ कि फारम जमा नगरेका मानिसहरूलाई मृत, जाली वा अन्यत्र स्थानान्तरण भएका मतदाताहरूको क्याटगोरीमा राखिनेछ। यसबाट यो सुनिश्चित हुनेछ कि असली मतदाताहरूलाई आफ्नो नाम हटेकोमा कुनै झट्का नलागोस्।
चुनाउ आयोगको यो फसेला यस्तो समयमा आएको छ जतिबेला राज्यमा यसलाई लिएर राजनीतिक पारा माथि पुगेको छ। तृणमूल कंग्रेसले चेताउनी दिएको छ, यदि कुनै पनि असली मतदाताको नामलाई सूचीबाट हटायो भने सड़कमा उत्रेर विरोध गरिनेछ।
अभियानलाई तीन चरणमा पूरा गरिँदैछ। पहिलो चरणमा आगामी 4 नोभेम्बरदेखि बूथ लेभल अफिसर (बीएलओ)-ले घर-घरमा गएर फारम वितरण गर्नेछन् अनि भरेको फारमलाई फिर्ता लिनेछन्। त्यसपछि ड्राफ्ट सूची जारी हुनेछ।
त्यसपछि दोस्रो चरण जहाँ मतदाता र राजनीतिक दलहरूले आपत्ति दर्ता गर्न सक्नेछन्- कसैको नामको गलत स्पेलिंग भएको छ भने वा ठेगाना परिवर्तन भएको छ भने। आयोगले यी आपत्तिहरूको जाँच गर्नेछ।
अन्तिम चरणमा निर्वाचन पञ्जीकरण अधिकारीले सबै सिकायतहरूमाथि अन्तिम निर्णय लिनेछन्, त्यसपछि अन्तिम मतदाता सूची प्रकाशित हुनेछ। सम्पूर्ण प्रक्रियालाई मार्च, 2026 सम्ममा पूरा गरिनेछ। स्मरण गराइन्छ, बंगालमा अन्तिम पटक एसआईआर सन् 2002 सालमा भएको थियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा