कृष्णानगरमा जगद्धात्री पूजा विसर्जनलाई लिएर मचियो रड़ाँको, शुभेन्दु अधिकारीले पुलिसमाथि लगाए हिन्दुहरूमाथि अत्याचार गरेको आरोप
कृष्णानगरमा जगद्धात्री पूजा विसर्जनलाई लिएर मचियो रड़ाँको, शुभेन्दु अधिकारीले पुलिसमाथि लगाए हिन्दुहरूमाथि अत्याचार गरेको आरोप


नदिया, 02 नोभेम्बर (हि. स.)। पश्चिम बंगाल विधानसभामा नेता प्रतिपक्ष शुभेन्दु अ्धिकारीले जगरद्धात्री पूजा विसर्जन अवधि भएको कथित पुलिस कारबाहीलाई लिएर राज्य सरकार अनि पुलिस प्रशासनमाथि गम्भीर आरोप लगाएका छन्। उनले गए शनिवार राति आफ्नो एक्स (पूर्व ट्विटर) ह्याण्डलमा लेखे, “कृष्णनगर कोतवाली थानाका आईसी अमलेन्दु विश्वासको भाषा र व्यवहारबाट यो स्पष्ट हुन्छ कि ममता ब्यानर्जीको पुलिसले हिन्दुहरूलाई कुन नजरले हेर्छ।”

शुभेन्दु अधिकारीले भने, कृष्णानगरमा यस वर्ष जगद्धात्री पूजाको उल्लास चरममा थियो। नवमीको साँझदेखि नै पानी परिरहेको भए पनि हजारौं श्रद्धालुहरू विभिन्न पण्डालहरूमा उर्लिएका थिए। उनले आरोप लगाए, यति धेरै भीड़लाई ध्यानमा राखेर प्रशासनले पहिलाबाटै पर्याप्त सुरक्षाको व्यवस्था गर्नुपर्थ्यो, तर यस्तो केही गरिएन।

शुभेन्दु अनुसार बिहानदेखिकै विसर्जनको उत्साह शुरू भएको थियो भने साँझ पर्दा-नपर्दै शहरको हाइ स्ट्रीट चौकदेखि राजबाड़ीसम्म ठूलो भीड़ उर्लियो। भीड़लाई नियन्त्रण गर्ने पुलिसको व्यवस्थामा कमी देखियो जसले गर्दा भाग-दौड़को स्थिति उत्पन्न भयो।

अधिकारीले आरोप लगाए, स्थितिलाई नियन्त्रण गर्नको सट्टा पुलिसले हिन्दू श्रद्धालुहरूमाथि अनुचित तथा अत्यधिक बल प्रयोग गऱ्यो। यो ममता ब्यानर्जी सरकारको पुलिसको “नयाँ चलन” बनिएको छ, विशेष गरी हिन्दुहरूको धार्मिक अनुष्ठान, पूजा वा उत्सवको समयमा।

उनले कृष्णानगर पुलिस जिल्लाका एसपी अमरनाथ के. तथा कोतवाली थानाका आईसी अमलेन्दु विश्वासको “अयोग्यता”-माथि प्रश्न उठाउँदै भने, दुवै अधिकारी प्रशासनिक रूपमा विफल साबित भएका छन्। आफ्नो असफलतालाई लुकाउनको लागि पुलिसले जनतामाथि लौरो बर्सायो।

अधिकारीले आफ्नो पोस्टमा लेख्, यी दुवै अधिकारीहरूको प्रतिष्ठानिकभ्रष्टाचारकोरहिआएकोछ र जनताको हितभन्दा अधिक यिनीहरूले आफ्नो निजी स्वार्थलाई प्राथमिकता दिन्छन्।”

उनले प्रश्न उठाए, मानिसहरूलाई अपमान गर्ने र उनीहरूमाथि बल प्रयोग गर्ने अधिकार यी अधिकारीहरूलाई कसले दियो?

अधिकारीको उक्त पोस्टपछि राज्यको राजनीतिमा खैलाबैला शुरू भएको छ। अहिलेसम्म राज्य सरकार वा पुलिस प्रशासनको पक्षबाट शुभेन्दु अधिकारीका आरोपहरूलाई लिएर कुनै प्रकारको आधिकारिक प्रतिक्रिया दिइएको छैन।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande