कठुआमा पुलिसमाथि ढुङ्गामुड़ा, चार जना पुलिसकर्मी घाइते, ड्रग तस्कर पक्राउ
कठुआमा पुलिसमाथि ढुङ्गामुड़ा, चार जना पुलिसकर्मी घाइते, ड्रग तस्कर पक्राउ


कठुआ 02 नोभेम्बर (हि.स.)। एउटा आश्चर्यको घटनामा कठुआ जिल्लाको गुज्जर परिवारका सदस्यहरूले पुलिस टीममाथि नै हमला गरे जो एकजना संदिग्ध ड्रग तस्करलाई पक्राउ गर्न गएको थियो।

खबर मुताविक राजबाग पुलिस स्टेशन र एसओजी हीरानगरको संयुक्त टीम एक जना भगौड़े ड्रग तस्कर हरदु मुट्ठी (प्लाई राजबाग) निवासी हनिफका पुत्र सुरमूलाई समात्नको लागि खण्ड महानपुर अन्तर्गत प्लाई गाउँमा पुगेको थियो।पुलिसले आरोपीलाई पक्राउ गर्ने प्रयास गरिरहेको थियो स्थानीय गुज्जर समुदायका केही सदस्यहरूले कथित रूपमा पुलिसमाथि ढुङ्गामुड़ा गर्न शुरू गरे जसमा चार जना पुलिसकर्मीहरू क्रमैले ह्याप्पी शर्मा, सुभाष सिंह, मीनाक्षी शर्मा र बन्टी लालोत्रा घाइते भए। घाइते अधिकारीहरूलाई तुरून्तै उपचारको निम्ति जीएमसी कठुआमा लगियो।

हमला गरे पनि पुलिसले आरोपी ड्रग तस्कर सुरमूलाई सफलतापूर्वक पक्राउ गऱ्यो अनि अग्रिम जाँचको लागि उसलाई रामबाग पुलिस स्टेशनमा लग्यो। मामिला दर्ता गरिएको छ। पुलिस टीममाथि हमला गर्ने मानिसहरू विरूद्ध पुलिसले कड़ा कारबाही गर्नसक्छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande