
झाड़ग्राम, 2 नोभेम्बर (हि.स.)। झाड़ग्राम मेडिकल कलेज एवं अस्पतालमा उपचारमा लापरवाही गरेकोले किशोरीको मृत्यु भएको आरोपलाई लिएर गए शनिवार साँझ व्यापक उत्तेजना फैलियो। मृत किशोरीको पहिचान भारती पटन (17)-को रूपमा भएको छ जो झारखण्डको चाकुलिास्थित मोटाबाँध गाउँका निवासी थिइन्।
परिवारले आरोप लगाएको छ, गत शुक्रवार उनीहरू आफ्नी छोरीलाई झाड़ग्राम मेडिकल कलेजमा भर्ती गराउन आएका थिए। तर भर्ती गरेपछि उसलाई उचित उपचार दिइएन जसले गर्दा किशोरीको मृत्यु भयो।
मृतकाका आफन्तहरूले अस्पताल परिसरमा व्यापक प्रदर्शन गरे अनि चिकित्सकहरूमाथि गम्भीर लापरवाही गरेको आरोप लगाए।
सूचना पाएर घटनास्थलमा पुगेको झाड़ग्राम थानाको पुलिसले स्थितिलाई नियन्त्रण गऱ्यो। पुलिसले स्थितिलाई शान्त बनाएपछि शवलाई पोस्टमर्टम गर्नको लागि पठाइयो।
यस घटनाले अस्पताल प्रशासनको भूमिकामाथि गम्भीर प्रश्न चिन्ह लगाएको छ भने स्थाीय मानिसहरूमा पनि अस्पतालको कार्यप्रणालीलाई लिएर असन्तुष्टि स्पष्ट रूपमा देखिंदैछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा