
— पति समेत चार जना आरोपीहरूमाथि मुद्दा दर्ता
मीरजापुर, 2 नोभेम्बर (हि.स.)। उत्तर प्रदेशको मीरजापुरमा चुनार कोतवाली क्षेत्रको पचेवरा गाउँमा दाइजोको माग अनि प्रताड़नालाई सहन गर्न नसकेर एक जना विवाहिताले विषालु पदार्थ सेवन गरेर आफ्नो जीवनलीला नै समाप्त गरिन्। यस घटनापछि गाउँभरि नै कोकोहोलो मचिएको छ।
जानकारी अनुसार मंगरहा गाउँका शिवेन्द्र कुमार सिंहले आफ्नी 23 वर्षीय छोरी आंशी सिंहको विवाह 20 अप्रेल, 2025-को दिन पचेवरा गाउँ निवासी अजीत सिंहसित गरिदिएका थिए। आरोप छ, विवाह भएदेखि नै अजीत सिंह र उसको परिवारले दाइजोको मागमा विवाहितालाई शारीरिक तथा मानसिक रूपमा प्रताड़ित गर्दै आइरहेको थियो।
परिवार मुताविक लगातार प्रताड़नाले क्षुब्ध भएर आंशीले गए राति लगभग 11 बजी कुनै विषालु पदार्थ सेवन गरिन्। स्थिति बिग्रिएपछि तिनलाई कैलहटस्थित एक निजी अस्पतालमा लगियो जहाँ उपचारको क्रममा तिनको मृत्यु भयो।
घटना बारे जानकारी पाउनसाथ माइती पक्षका मानिसहरू अस्पतालमा पुगे अनि ससुराल पक्षमाथि दाइजोको लागि छोरीलाई मृत्युको मुखमा धकेलेको आरोप लगाए। पीड़िताका पिताको रिपोर्टमा पुलिसले पति अजीत सिंह सहित चार जना मानिसहरूमाथि दाइजो उत्पीड़न तथा आत्महत्याको लागि उक्साएको मामिला दर्ता गरेका छन्। पुलिसले शवलाई कब्जामा लिएर पोस्टमर्टम गर्नको लागि पठाएर मामिलाको जाँचमा जुटेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा