
हावड़ा, 2 नोभेम्बर (हि.स.)। हावड़ा जिल्लाको उलुबेड़ियामा मुम्बई रोडस्थित पानपुर मोड़मा आइतवार बिहान भएको एक सड़क दुर्घटनामा एक जना महिलाको मृत्यु भयो भने महिलाा पति र छोरी गम्भीर रूपमा घाइते भए। जानकारी अनुसार एउटा द्रूत गतिको डम्परले उनीहरूको बाइकलाई भयंकर ठक्कर दियो।
पुलिस सूत्र अनुसार मृत महिलाको पहिचान सीमा दत्त (38)-को रूपमा भएको छ जो झाड़ग्रामको सांकराइल निवासी थिइन् भने हाल हावड़ाको लिलुआमा बस्दै आएकी थिइन्। आइतवार बिहान तिनी आफ्नो पति माधव दत्त र छोरीसित बाइक मार्फत झाड़ग्राम गइरहेकी थिइन्। उलुबेड़ियाको पानपुर मोड़ नजिक पुगेपछि एउटा द्रूत गतिको डम्परले नियन्त्रण गुमाएको कारणले उनीहरूको बाइकलाई ठक्कर दियो।
भयानक ठक्कर लागेपछि तीनैजना बाइकबाट भुइँमा लड़े। यस अवधि सीमा दत्ताको शिर भएर डम्पर अगाड़ि बढ़्यो जसले गर्दा तिनको टाउकोमा डम्परको चक्का पऱ्यो। सीमाको घटनास्थलमै मृत्यु भयो। उनका पति र छोरी गम्भीर रूपमा घाइते भए।
घटनाको सूचना पाउनसाथै घटनास्थलमा पुगेको ट्राफिक पुलिसले घाइतेहरूलाई उलुबेड़िया शरतचन्द्र चट्टोपाध्याय मेडिकल कलेज एवं अस्प्तालमा भर्ती गरायो जहाँ दुवैको उपचार भइरहेको छ। पुलिसले शवाई कब्जामा लिएर पोस्टमर्टम गर्नको लागि पठाइदिएको छ।
घातक डम्परलाई जफत गरिएको छ। तथापि यसको चालक भने अहिले पनि भागेको छ। दुर्घटनापछि सड़कमा केही समयसम्म जामको स्थिति उत्पन्न भयो जसलाई पुलिसले सामान्य बनायो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा