इसरो अझ् एक कीर्तिमान रच्न नजिक, आज साझँ संचार उपग्रह सीएमएस-03 को लाञ्चिङको तयारी पूरा
इसरो


नयाँ दिल्ली, 02 नोभेम्बर (हि.स.)। इण्डियन स्पेस रिसर्च अर्गनाइजेशन (इसरो), अन्तरिक्ष जगतमा सफलताको नयाँ अध्याय लेख्न तयार छ। इसरोले 4,000 किलोग्रामभऩ्दा अधिक ओजनको कम्युनिकेशन सैटेलाइट सीएमएस-3 को लाञ्चिङको तयारीहरू पूरा गरेको छ, जुन आज साँझ 5.26 बजी आन्ध्र प्रदेशको श्रीहरिकोटा स्थित सतीश धवन अन्तरिक्ष केन्द्रबाट प्रक्षेपित हुनेछ। यसको लाञ्चिङ अगाड़ी इसरोका चेयरम्यान नारायणनको अगुवाईमा वैज्ञानिकहरूको दलले भगवान श्री वेङ्कटेश्वरसित सैटेलाइटको सफल लाञ्चिङको निम्ति आशीर्वाद मागे।

4,000 किलोभन्दा अधिक ओजनको कम्युनिकेशन सैटेलाइट सीएमएस-3 आज प्रक्षेपित गरिनुको निम्ति पूर्ण रूपमा तयार छ। इसरोको बयान अनुसार, 'सीएमएस-03 एक मल्टी-ब्याण्ड कम्युनिकेशन सैटेलाइट हो, जसले भारतीय जमीन समेत एक ठूलो समुद्री क्षेत्रमा सर्विस दिनेछ। यसको ओजन लगभग 4,400 किलो छ र यो भारतीय जमीनबाट जियोसिन्क्रोनस ट्रान्सफर अर्बिट (जीटीओ) मा लाञ्च हुने सबैभऩ्दा भारी कम्युनिकेशन सैटेलाइट हुनेछ। यस पेलोडमा C, एक्सटेन्डेड C, र Ku ब्याण्डमा भोइस, डेटा र भीडियो लिंकको निम्ति ट्रान्सपोन्डर सामेल छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande