
पटना, 02 नोभेम्बर (हि.स.)। बिहार विधानसभा चुनाउको उत्साहबीच मोकामाको दुलारचन्द यादव हत्याकाण्डमा पुलिसले ठूलो कारबाही गर्दै अबेर राति पटना पुलिसले पूर्व बाहुबली विधायक एवं जदयू उम्मेदवार अनन्त सिंहलाई पक्राउ गरेको छ। एसएसपीको अगुवाईमा पुलिस टीमले अनन्त सिंहलाई बाढ़ी स्थित कारगिल मार्केटबाट हिरासतमा लियो र उनलाई लिएर पटना पुग्यो। उनका दुई सहयोगी मणिकान्त ठाकुर र रणजीत रामलाई पनि पक्राउ गरिएको छ। तीनैलाई अदालतमा पेश गरिनेछ।
दुलारचन्द यादव हत्याकाण्डको सिलसिलामा जेडीयू उम्मेदवार अनन्त सिंहलाई पक्राउ गरिएको छ। 30 अक्टोबर मोकामाको तारतर क्षेत्रमा दुई पक्षबीच भिड़न्त भएको थियो, जसपछि दुलारचन्द यादवको शव भेटियो। दुवै तर्फबाट यसलाई लिएर मामिला दर्ता गरिएको थियो। पुलिसको शुरूआती जाँचमा स्पष्ट भएको छ कि घटनाको समय अनन्त सिंह आफ्ना सहयोगीहरूको साथ घटनास्थलमा थिए। पोस्टमार्टम रिपोर्टमा शरीरमा चोट र गोली लागेको निशान भेटिएको छ। यस घटनामा अनन्त सिंहलाई मुख्य अभियुक्त बनाइएको छ।
75 वर्षीय दुलारचन्द यादव मोकामाको तारतर गाउँको निवासी थिए। मोकामा टाल क्षेत्रमा दुलारचन्द यादवको निक्कै प्रभाव थियो र उनले धेरै पल्ट विधानसभा चुनाउ लड़ेका थिए। उनलाई राज्यका पूर्व मुख्यमन्त्री लालू प्रसाद यादवको निकटतम मानिन्थ्यो। यस विधानसभा चुनाउमा दुलारचन्द यादव जनसुराज पार्टीको उम्मेदवारको समर्थनमा प्रचार गरिरहेका थिए। सोही अवधि यो घटना भयो।
हिन्दुस्थान समाचार / भवानी थामी