
नयाँ दिल्ली, 02 नोभेम्बर (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले सोमवार ‘एमर्जिंग साइन्स एण्ड टेक्नोलोजी इनोवेशन कन्क्लेव 2025’ को उद्घाटन गर्नेछऩ्। यस अवसरमा उनले देशमा निजी क्षेत्रको अनुसंधान र नवाचारलाई प्रोत्साहित गर्नका लागि एक लाख करोड़ रूपियाँको ‘रिसर्च, डेवलपमेन्ट एण्ड इनोवेशन योजना’ को शुरुआत गर्नेछन्।
प्रधानमन्त्री कार्यालय (पीएमओ) अनुसार, ‘एमर्जिंग साइन्स एण्ड टेक्नोलोजी इनोवेशन कन्क्लेव 2025’ नयाँ दिल्लीको भारत मण्डपममा 3 देखि 5 नोभेम्बरसम्म आय़ोजित हुनेछ। यसमा देश र विदेशका तीन हजारभन्दा अधिक वैज्ञानिक, शिक्षाविद, शोधकर्ता, उद्योग प्रतिनिधि र नीति निर्माताले भाग लिनेछऩ्।
कन्क्लेवमा 11 प्रमुख विषयहरूमाथि चर्चा हुनेछ, जसमा कृत्रिम बुद्धिमत्ता (एआई), जैव निर्माण (बायो मैन्युफैक्चरिंग), इलेक्ट्रोनिक्स र सेमीकन्डक्टर निर्माण, क्वान्टम तकनीक, कृषिमा नयाँ तकनीकहरू, ऊर्जा, पर्यावरण, जलवायु, स्वास्थ्य तकनीक र अन्तरिक्ष विज्ञान जस्ता क्षेत्र सामेल छन्।
कार्यक्रममा प्रमुख वैज्ञानिकहरूको व्याख्यान, पैनल चर्चा र तकनीकी प्रदर्शनीहरू आय़ोजित गरिनेछ। यसको उद्देश्य अनुसंधान, नवाचार र उद्योगहरूबीच सहयोगलाई मजबूत बनाउनु र देशको विज्ञान एवं प्रौद्योगिकी पारिस्थितिकी तन्त्रलाई सशक्त गर्नु हो।
उल्लेख्य, यो योजना उद्योग जगतलाई अनुसंधान र प्रौद्योगिकी विकासमा अधिक निवेशको निम्ति प्रेरित गर्नेछ। यसबाट भारतको विज्ञान र तकनीकको क्षेत्रमा वैश्विक स्थिति मजबूत हुनेछ तथा निजी क्षेत्र आधारित अनुसन्धानले नयाँ दिशा पाउनेछ।
हिन्दुस्थान समाचार / भवानी थामी