
लातेहार, 2 नोभेम्बर (हि.स.)। जिल्लाको बालुमाथ थाना अन्तर्गत ओल्हेपाट गाउँ निकट आइतवार बिहान एउटा द्रूत गतिको बाइक अनियन्त्रित भएर रूखसित ठोक्कियो। यस घटनामा मोटरसाइकलमा सवार युवक-युवती दुवैको घटनास्थलमै मृत्यु भयो जसको पहिचान पुनम कुमारी (18) ग्राम लावागड़ा, थाना हेरहंज तथा अनुज उराउँ (20) ग्राम डहु, थाना टंडवाको रूपमा भएको छ।
प्राप्त जानकारी अनुसार दुवै नै बालुग्राममा आयोजित मेलालाई हेरेर आफ्नो घर फर्किरहेका थिए। यसै क्रममा ओल्हेपाट गाउँ नजिक पुगेपछि मोटरसाइकल अनियन्त्रित भएर रूखसित ठोक्कियो। ठक्कर भयानक थियो जसले गर्दा युवक-युवती बाइकसितै उछिटिएर धेरै टाड़ा पुगे। ग्रामीणहरूले घटनाको जानकारी पुलिसलाई दिएपछि पुलिस दल एम्बुलेन्स सहित घटनास्थलमा पुग्यो। दुवै घाइतेलाई अस्पतालमा पुऱ्याइयो, तर चिकित्सा पदाधिकारी डा. सञ्जय सिद्धार्थले दुवैलाई मृत घोषित गरिदिए। युवतको परिवार अनुसार युवती गए शनिवार नै घरबाट हिँड़ेकी थिई।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा