नन्द नगरीमा बसभित्र शव भेटियो
नन्द नगरीमा बसभित्र शव भेटियो


नयाँ दिल्ली, 9 जून (हि.स.)। उत्तर-पूर्वी जिललाको नन्द नगरी क्षेत्रमा सोमवार बिहान एक निजी बसभित्र सड़िसकेको शव भेटियो। सूचना पाएर घटनास्थलमा पुगेको पुलिसले शवलाईकब्जामा लिएर पोस्टमर्टम गर्नको लागि नजिकैको अस्पतालको शवगृहमा रखाएको छ। हाल पुलिसले घटनास्थल वरिपरीका सीसीटीभीका फुटेजहरूको जाँच गरिरहेको छ।

पुलिस अनुसार बिहान लगभग 7:52 बजे पुलिस कन्ट्रोल रूमलाई सूचना प्राप्त भयो कि बसबाट रगत निक्लिरहेको छ र दुर्गन्ध पनि फैलिरहेको छ। सूचना पाउनसाथ पुलिस घटनास्थलमा पुग्यो।

212 बस स्ट्याण्डमा राखिएको निजी पर्यटन बस (उप्र 22टी 7351)-को जाँच गर्दा बस अगाड़ि देब्रेतिर सिँढ़ीमा एकजना व्यक्तिको शव भेटियो जुन आंशिक रूपमा सड़िसकेको थियो। पुलिसका वरिष्ठ अधिकारी अनुसार जाँचमा मृतकको पहिचान गामड़ी 5वां पुस्ता, गल्ली नम्बर-9 निवासी शिवा (32)-को रूपमा भएको छ जसले बसमा हेल्परको रूपमा काम गर्थ्यो।

शवको टाउकोमा चोट पाइएको छ। शुरूआती जाँचमा यो एक दुर्घटनावश लड़ेको मामिला प्रतीत भइरहेको छ, किनभने बसको केबिनको ढोका भित्रबाटै बन्द थियो। वास्तविक कारण पोस्टमर्टम रिपोर्टबाटै पत्तो लाग्नेछ।

घटनास्थलमा क्राइम टीम औ फोरेन्सिक विशेषज्ञहरूको टीमले जाँच गरेर साक्ष्य जुटाएको छ। शवलाई जीटीबी अस्पतालको शवगृहमा पठाइएको छ। पुलिसले उक्त मामिलामा भारतीय न्याय संहिताको धारा 194 बीएनएस अन्तर्गत कारबाही शुरू गरेको छ। पुलिस अधिकारीको भनाइ छ, पोस्टमर्टममा कुनै आपराधिक तत्वको पुष्टि भयो भने अग्रिम कानूनी कारबाही गरिनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande