अपरेशन सिन्दूरको वीरगाथालाई स्मरण गर्नका लागि मुख्यमन्त्रीले सिन्दूरको बिरूवा रोपिन्
अपरेशन सिन्दूरको वीरगाथालाई स्मरण गर्नका लागि मुख्यमन्त्रीले सिन्दूरको बिरूवा रोपिन्


नयाँ दिल्ली, 9 जून (हि.स.)। मुख्यमन्त्री रेखा गुप्ताले सोमवार शालीमार बागको गर्ल्स सीनियर सेकेण्डरी स्कूलमा ‘एउटा रूख आमााको नाम 2.0’ विशेष अभियानमा सामेल भएर आफ्नी आमाको सम्मानमा सिन्दूरको बिरूवा रोपिन्। यसरी नै शिक्षामन्त्री आशिष सुदले आँपको बिरूवा रोपे।

मुख्यमन्त्रीले पत्रकारहरूलाई सम्बोधन गर्दै भनिन्, यो रूखको फूलबाट तयार हुने सिन्दूर भारतीय नारीको शौर्य, सम्मान अनि आत्मबलको प्रतीक हो। यो बिरूवा पर्यावरण संरक्षणको प्रतीक मात्र नभएर ‘अपरेशन सिन्दूर’- को वीरगाथालाई पनि सदा स्मरण गराइरहनेछ।

उनले भनिन्, भारत आज पर्यावरण जागरूकताको एक नयाँ युगमा प्रवेश गरिसकेको छ। प्रधानमन्त्रीद्वारा आरम्भ गरिएको यो अभियानले हाम्रो संवेदनशील तथा दिगो विकासशील राष्ट्रको सोचलाई परिभाषित गर्दछ।

मुख्यमन्त्रीले अझ भनिन्, हामीले दिल्लीलाई राजधानी मात्र नभएर हरियाली, स्वच्छता तथा संवेदनाको प्रतीक बनाउने संकल्प लिएका छौं।यसै उदेश्य अन्तर्गत यस वर्ष 70 लाख वृक्षरोपण गर्ने लक्ष्य निर्धारण गरिएको छ ताकि आगामी पिँढ़ीलाई एक हरियाली अनि स्वस्थ दिल्ली सुम्पिन सकियोस्।

यसपूर्व मुख्यमन्त्रीले आज आफ्नो आवासमा जनसुनवाई कार्यक्रममा दिल्लीका जनतासित सोझो सम्वाद गरिन्। उनीहरूको कुरा सुनियो, सुझाउहरूलाई आत्मसात गरियो अनि समस्याहरूको समाधान गर्ने अधिकारीहरूलाई निर्देश दिइयो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande