कोकराझार जिल्ला जेलबाट 20 जना पूर्व एनडीएफबी क्याडरहरू जमानतमा रिहा
कोकराझार जिल्ला जेलबाट 20 जना पूर्व एनडीएफबी क्याडरहरू जमानतमा रिहा


-रिहाईपछि पूर्व एनडीएफबी क्याडरहरूले मुख्यमन्त्रीप्रति आभार व्यक्त गरे

कोकराझार (असम), 19 जुलाई (हि.स.)। कोकराझार जिल्ला कारावासबाट राष्ट्रिय जाँच एजेन्सी (एनआई)- द्वारा जाँच गरिएको मामिलामा आरोपी 20 जना पूर्व नेशनल डेमोक्रेटिक फ्रण्ट अफ बोडोल्याण्ड (एनडीएफबी)-का क्याडरहरू जमानतमा रिहा भएका छन्।

जेलबाट रिहा भएपछि सबै एनडीएफबी क्याडरहरूले मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाप्रति आभार व्यक्त गरे।

ज्ञात रहोस्, एनआईएद्वारा जाँच गरिएपछि यो मामिला राज्य सरकारको अधिकार क्षेत्रमा स्थानान्तरण गरियो अनि जिल्ला न्यायालय समक्ष ल्याइयो जहाँबाट गए राति यी क्याडरहरूलाई जमानत प्राप्त भयो।

पूर्व एनडीएफबी नेता एन. नैसिनरंगले अन्य पूर्व एनडीएफबी नेता तथा क्याडरहरूसित मिलेर जेल परिसरमा रिहा भएका सबै व्यक्तिहरूलाई न्यानो स्वागत गरे।

स्मरण गराइन्छ, सबै 20 जना क्याडरहरू एनआईए मामिला अन्तर्गत दश वर्षभन्दा अधिक समयदेखिको जेलमा बन्द थिए जसमध्ये केही एक दशकभन्दा अधिक समयदेखिको हिरासतमा थिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande