ग्वालपाड़ा (असम), 19 जुलाई (हि.स.)। ग्वालपाड़ा जिल्लाको पाइकान आरक्षित वन क्षेत्रमा गत बिहीवार बिहान संचालित बेदखली अभियान अवधि पुलिस र वन विभागीय कर्मचारीहरूमाथि भएको हमलाको सिलसिलामा अहिलेसम्ममा 21 जना आरोपीहरूलाई पक्राउ गरिसकिएको छ। पुलिसले शनिवार एघार जना मानिसहरूलाई पक्राउ गरेको छ। पुलिसले अन्य आरोपीहरूलाई पनि चिन्हित गरिरहेको छ।
असम पुलिसले ग्वालपाड़ाको पाइकान आरक्षित वन क्षेत्रमा बितेको बिहीवार भएको हिंसामा सामेल मानिसहरूविरूद्ध तीव्र गतिमा कारबाही गरिरहेको छ। यस मामिलामा पुलिसले अहिलेसम्ममा 21 जना मानिसहरूलाई पक्राउ गरिसकेको छ भने आज एघार जनालाई पक्राउ गऱ्यो। यसपूर्व हिंसाको आरोपमा पाइकानबाटै दशजना मानिसहरूलाई पक्राउ गरिएको थियो।
उल्लेखनीय छ, स्थानीय मानिसहरूले बेदखली गर्ने प्रयास गरिरहेका सुरक्षा कर्मी अनि वन कर्मीहरूमाथि हमला गरे जसले गर्दै दुवै पक्षमाझ झड़प शुरू भयो। तत्काल कारबाही गर्दै कानून प्रवर्तन एजेन्सीले कृष्णाई क्षेत्रमा एक समन्वित अभियान शुरू गऱ्यो जसको परिणामस्वरूप एघार जना संदिग्ध आरोपीहरूलाई पक्राउ गरियो।
अन्य भगौड़ा आरोपीहरूलाई चिन्हित गर्न पुलिसले भीडियो निगरानी तथा डिजीटल प्रमाणहरूको जाँच गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा