अवैध रूपमा भारतमा प्रवेश गर्ने चेष्टा, बंगलादेशी पक्राउ
अवैध रूपमा भारतमा प्रवेश गर्ने चेष्टा, बंगलादेशी पक्राउ


सिलगढ़ी, 18 जुलाई (हि.स)। सशस्त्र सीमा बल (एसएसबी)-ले एक जना बंगलादेशी युवकलाई भारतीय सीमामा अनुप्रवेश गर्ने प्रयास गर्दा हिरासतमा लिएको छ। उक्त बंगलादेशी युवकको नाम मोहम्मद अजिजुल हकिम साबिर रहेको छ जो ढाकाका निवासी हुन्। एसएसबीले अग्रिम कारबाहीको लागि बंगलादेशी युवकलाई खोरीबाड़ी पुलिसमा सुम्पिदिएको छ।

पुलिस सूत्र अनुसार एसएसबीले भारत-नेपाल सीमा पानीट्यांकीमा नेपालदेखि भारतमा प्रवेश गरिरहेका संदिग्ध युवकलाई हिरासतमा लिएर जाँचबुझ गऱ्यो। जाँचबुझमा एसएसबी जवानहरूले युवक बंगलादेशी रहेको पत्तो लगाए। त्यसपछि युवकलाई पक्राउ गरियो। एसएसबीले युवकबाट बंगलादेशी पहिचान पत्र र पासपोर्ट जफत गरेको छ। सूत्रानुसार युवक हालैमा टुरिस्ट भिजामा नेपाल आएका थिए। नेपालबाट उसले भारतमा प्रवेश गर्ने चेष्टा गरिरहेका थिए। त्यसैबेला एसएसबीले बंगलादेशी युवकलाई समात्यो। खोरीबाड़ी पुलिस अग्रिम कारबाहीमा जुटेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande