गुवाहाटी, 19 जुलाई (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले स्वतन्त्रता संग्रामका अग्रदूत मंगल पाण्डेको जयन्तीमा उनलाई स्मरण गर्दै श्रद्धासुमन अर्पण गरे।
मुख्यमन्त्रीले सोशल मीडियामा एक सन्देशमा लेखे—न डर थियो, न झुक्ने सोच... मात्र स्वाधीनताको पागलपन थियो! एउटा नाम जुन विद्रोहको पहिचान बन्यो- महानायक मंगल पाण्डे। उनको जयन्तीमा ती क्रान्तिकारीलाई शत्-शत् नमन।
मुख्यमन्त्रीले मंगल पाण्डेको साहस अनि बलिदानलाई सम्झँदै युवाहरूसित प्रेरणा लिने आह्वान गरे। मंगल पाण्डेलाई 1857 सालको पहिलो स्वतन्त्रता संग्रामको प्रतीक मानिन्छ जसको वीरताले देशमा क्रान्तिको झिल्का सल्काएको थियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा