बुहारीमाथि ससुराको हत्या गरेको आरोप
बुहारीमाथि ससुराको हत्या गरेको आरोप


कोलकाता, 19 जुलाई (हि.स.)। दक्षिण 24 परगना जिल्लाको क्यानिंगस्थित राजापुर क्षेत्रमा पारिवारिक कलहको कारण एक जना व्यक्तिको हत्या भयो। मृतकको पहिचान 55 वर्षीय स्वप्न सरदारको रूपमा भएको छ। आरोप छ, मृतककी बुहारी मौसमी सरदारले पतिमाथि हमला गर्ने हुँदा ससुरा घाइते भए जसले गर्दा उनको मृत्यु भयो। पुलिसले मौसमीलाई हिरासतमा लिएको छ, तथापि अहिलेसम्म उसलाई पक्राउ गरिएको छैन।

स्थानीय सूत्र अनुसार स्वप्न सरदारका छोरा प्रदीप र बुहारी मौसमीबीच विगत लामो समयदेखिको पारिवारिक कलह हुँदै आएको थियो। गए शुक्रवार राति पनि यी पति-पत्नीबीच झगड़ा भयो जसले हेर्दा-हेर्दै हिंसक रूप लियो। आरोप छ, झगड़ा हुँदा मौसमीले आक्रोशको आवेगमा आएर नजिकै राखेको कैंचीले आफ्नो पतिमाथि हमला गर्ने चेष्टा गरिन्। स्वप्न सरदार आफ्नो छोरालाई बचाउनको लागि बीचमा पस्दा कैंचीको प्रहार उनीमाथि पऱ्यो।

घटनापछि स्वप्न सरदार गम्भीर रूपमा घाइते भएर भुइँमा लड़े। उनलाई हतार-हतार क्यानिंग महकुमा अस्पतालमा लगियो जहाँ डाक्टरहरूले तिनलाई मृत घोषित गरिदिए।

पुलिसले शवलाई पोस्टमर्टम गर्नको लागि पठाएर मामिलाको जाँच शुरू गरेको छ। यो घटना दुर्घटना थियो वा पूर्व नियोजित योजना, अहिलेसम्म पत्तो लाग्न सकेको छैन। पुलिसले सबै पक्षहरूको जाँच गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande