कोलकाता, 19 जुलाई (हि.स.)। पश्चिम बंगाल भाजपाका वरिष्ठ नेता दिलीप घोषले दिल्लीमा पार्टी अध्यक्ष जगत प्रकाश नड्डासित भेट गरी अन्य पार्टी, विशेष गरी तृणमूल कंग्रेसदेखि भाजपामा आएका नेताहरूलाई लिएर आफ्नो आपत्ति दर्ता गराएका छन्।
पार्टीका एक जना वरिष्ठ नेताले शनिवार बताए, दिलीप घोषले जेपी नड्डासितको भेटमा बंगालको राजनीतिक स्थिति बारे अवगत गराए। यसमा विशेष सत्तारूढ़ पार्टी तृणमूल कंग्रेसबाट भाजपामा सामेल भएका केही नेताहरूलाई लिएर चर्को असन्तुष्टि व्यक्त गरेका छन्। उनले स्पष्ट पारेका छन्, यदि यी नेताहरूमाथि लगाम कसिएन भने बंगालमा पार्टीको दशा अझ सोचनीय हुनेछ। विशेष गरेर शुभेन्दु अधिकारी र अर्जुन सिंह जस्ता नेताहरूलाई लिएर दिलीप घोषले गहिरो असन्तुष्टि व्यक्त गरेका छन्।
पार्टी सूत्र अनुसार यो बैठक लगभग 40 मिनटसम्म चल्यो जसमा दिलीप घोषले भाजपामा अन्य दलहरूबाट आएका केही नेताहरूको व्यवहारलाई लिएर आफ्नो रोष व्यक्त गरे। तथापि बैठकपछि दिलीप घोषले प्रत्यक्ष रूपमा केही भन्नदेखि बच्दै यति मात्र भने, “हामीबीच धेरै कुराकानी भयो।”
सूत्र अनुसार बैठकमा घोषले केही नेताहरूको व्यवहारप्रति रोष व्यक्त गरे भने अर्कोतिर नड्डाले पनि उनलाई अनावश्यक बयानबाजीदेखि बच्ने सल्लाह दिए। भाजपाका एकजना वरिष्ठ नेता अनुसार “बैठकमा के तय भयो, यसको प्रभाव आगामी दिनमा देख्न पाइनेछ। दिलीप घोषको राजनीतिक भविष्यको दिशा सयाद यसै चर्चामा तय भएको छ।”
अब सबैको ध्यान आगामी 21 जुलाईमाथि केन्द्रित भएको छ जतिबेला कोलकातामा तृणमूल कंग्रेसको वार्षिक ऱ्याली हुनुछ। किनभने घोषले पहिला नै संकेत दिसकेका छन् कि त्यस दिन उनी कुनै सभामा ‘आश्चर्य’ पार्ने शैलीमा सामु आउनेछन्। नड्डासित भएको बातचितपछि आगामी दिनमा उनको राजनीतिक चलले कुन मोड़ लिने हो, यसमाथि सबैको नजर अड़िएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा