भ्रष्टाचारको मामिलामा गान्धी-वाड्रा परिवारको समर्थन साँच्चै नै 'बेजोड़': केशव प्रसाद मौर्य
भ्रष्टाचारको मामिलामा गान्धी-वाड्रा परिवारको समर्थन साँच्चै नै 'बेजोड़': केशव प्रसाद मौर्य


लखनऊ, 19 जुलाई (हि.स.)। उत्तर प्रदेशका उप-मुख्यमन्त्री केशव प्रसाद मौर्यले नेशनल हेराल्ड घोटाला केसमा राहुल गान्धीलाई समर्थन गरेकोमा रबर्ड वाड्रामाथि प्रहार गरेका छन्।

उप-मुख्यमन्त्रीले आफ्नो सोशल मीडिया एकाउण्ट एक्समा लेखे, नेशनल हेराल्ड घोटाला केसमा राहुल गान्धीको समर्थनमा रबर्ट वाड्रा र वाड्राको जमीन घोटालाको समर्थनमा गान्धी हुन्छन्। घोटालाबाट गान्धी परिवारमा यस्तो स्थिति सृजना भएको छ कि दुवैले एका-अर्काको काँधमा खुल्ला रूपमा आफ्नो कालो हात राखे। भ्रष्टाचारको मामिलामा गान्धी-वाड्रा परिवारको यो उदाहरण साँच्चै नै 'बेजोड़' छ।

केशव प्रसाद मौर्यले हिजोआज गान्धी परिवारमाथि निरन्तर प्रहार गरिरहेका छन्। एक दिनपूर्व पनि कंग्रेसलाई लक्षित गर्दै केशव प्रसादले लेखेका थिए, कथित भ्रष्टाचार सहित अन्य मामिलाहरूमा जमानत विचरण गर्ने गान्धी परिवारका हठी नेता राहुल गान्धीलाई जेलको धेरै याद आउँछ। गान्धीले बुझ्नुपर्छ, उनीहरूको परिवारको अहंकारी राजनीतिको दिन अब गइसकेको छ र देशमा अब कानून राज छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande