मंगल पाण्डेको जयन्तीमा राज्यपालले दिए श्रद्धाञ्जलि
मंगल पाण्डेको जयन्तीमा राज्यपालले दिए श्रद्धाञ्जलि


कोलकाता, 19 जुलाई (हि.स.)। पश्चिम बंगालका राज्यपाल डाक्टर सी. वी. आनन्द बोसले भारतको स्वतन्त्रता संग्रामका अग्रदूत मंगल पाण्डेलाई उनको जयन्तीमा भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेका छन्। राज्यपालका विशेष कार्य अधिकारी (ओएसडी)-द्वारा जारी सन्देशमा भनिएको छ, भारत माताका वीर सपुत मंगल पाण्डेलाई श्रद्धाञ्जलि अनि नमन।

राज्यपालले आफ्नो सन्देशमा भने, मंगल पाण्डेले ब्रिटिश शासनको शक्तिको शिखर कालमा 34औं बंगाल नेटिभ इन्फ्यान्ट्रीका सिपाहीको रूपमा अत्याचारविरूद्ध विद्रोह गरे अनि आफ्नो अदम्य साहस र बलिदानको भावनाबाट देशभक्तिको झिल्कालाई प्रज्जवलित गरिदिए। उनको यो साहसले 1857-सालको स्वतन्त्रता संग्रामको मार्गलाई प्रशस्त गऱ्यो।

मंगल पाण्डेलाई भारतमा प्रथम स्वतन्त्रता संग्रामका जननायकको रूपमा स्मरण गरिन्छ। उनको विद्रोहले ब्रिटिश शासनको विरोधमा व्यापक जनान्दोलनको भूमिका बनाएको थियो। राज्यपालले भने, मंगल पाण्डेको जीवन भावी पिँढ़ीको लागि प्रेरणाको श्रोत हो।

उल्लेखनीय छ, मंगल पाण्डेको जन्म 19 जुलाई, 1827-मा उत्तर प्रदेशको बलिया जिल्ला अन्तर्गत नगाव गाउँमा भएको थियो। उनलाई 1857-सालको क्रान्तिको पहिलो क्रान्तिकारी मानिन्छ। उनको साहसिक कदमले देशमा ब्रिटिश साम्राज्यविरूद्घ विद्रोहको यस्तो ज्वाला सल्काए जुन पछि स्वतन्त्रता संग्राममा परिणत भयो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande