अन्तरराज्यीय नशा तस्कर गिरोहको भण्डाफोर, दुई पक्राउ
अन्तरराज्यीय नशा तस्कर गिरोहको भण्डाफोर, दुई पक्राउ


नयाँ दिल्ली, 19 जुलाई (हि.स.)। दिल्ली पुलिसको क्राइम ब्राञ्चले “नशा मुक्त भारत अभियान” अन्तर्गत ठूलो कारबाही गर्दै एक अन्तरराज्यीय ड्रग सिन्डिकेटको भण्डाफोर गरेको छ। यस सिन्डिकेटका दुईजना मुख्य तस्करहरूलाई पुलिसले पक्राउ गरी भारी मात्रामा नशालु पदार्थ जफ्त गरेको छ।

क्राइम ब्राञ्चका डीसीपी आदित्य गौतम अनुसार पक्रा पर्ने तस्करहरूले उप्रको बरेली र रामपुर क्षेत्रबाट दिल्ली-एनसीआर तथा पञ्जाबसम्म हेरोइन र अल्प्राजोलम नामक लागू औषधिहरू आपूर्ति गर्दै आइरहेका थिए। यस कारबाहीमा 1.5 किलोग्राम अल्प्राजोलम (जसलाई हेरोइनको क्षमता बढ़ाउनको लागि प्रयोग गरिन्छ) तथा 606 ग्राम हेरोइन जफ्त गरिएको छ। दुवै पदार्थको अनुमानित बजार मूल्य 1.55 करोड़ रुपियाँ रहेको बताइन्छ।

डीसीपी अनुसार क्राइम ब्राञ्चको इन्टर स्टेट सेललाई जानकारी प्राप्त भयो, महेन्द्र पाल नामक तस्करले गाजीपुरको हरिजन बस्ती नजिक भारी मात्रामा नशालु पदार्थ डिलीभरी गर्नेवाला छ। त्यसपछि इन्स्पेक्टर मनमित मलिकको देखरेखमा टीम गठन गरियो।

टीमले गाजीपुर क्षेत्रमा थापा माऱ्यो अनि महेन्द्र पाललाई समात्यो। उसको कब्जाबाट 1.543 किलोग्राम अल्प्राजोलम, 296 ग्राम हेरोइन जफ्त गरिएको छ। महेन्द्र पालले बताए अनुरूप टीमले नत्थु खान नामक अर्को आपूर्तिकर्तालाई फरिदपुर बरेबीटा पक्राउ गऱ्यो जसको कब्जाबाट 310 ग्राम हेरोइन जफ्त गरियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande