चितुवाले घरबाटै बालकलाई लिएर गयो, क्षत-विक्षत शव भेटियो
चितुवाले घरबाटै बालकलाई लिएर गयो, क्षत-विक्षत शव भेटियो


जलपाईगुड़ी, 18 जुलाई (हि.स)। आत्म काँप्ने घटना जिल्लाको नागराकाटाको अंगराभाषा ग्राम पञ्चायत-1 अन्तर्गत कलाबाड़ी चिया बगानमा भएको छ। यहाँ एउटा चितुवाले तीन वर्षीय बालकलाई उसको घरबाटै लिएर गयो। पछि घरदेखि केही टाड़ा चिया बगानबाट उक्त बालकको क्षत-विक्षत शव भेटियो। मृत बालकको नाम आयुष कालंदी हो। यस घटनाको कारणले सम्पूर्ण बगान क्षेत्रमा सन्त्राष फैलिएको छ।

प्राप्त जानकारी अनुसार गए शुक्रवार राति खाना खाएपछि आयुष आफ्ना हजुरबुवासित हुलाश लाइनस्थित घरमै बसेको थियो। अचानक एउटा चितुवा घरभित्र पस्यो अनि आयुषलाई च्यापेर घिसार्दै लग्यो। परिवारका सदस्यहरू चिच्याउन-कराउन थाले। स्थानीय मानिसहरूले आयुषलाई बचाउने चेष्टा गरे, तर सफल भएनन्। चितुवाले आयुषलाई चिया बगानको झाड़ीमा लिएर गयो। घटनाको कारण परिवारमा भाग-दौड़ शुरू भयो। आयुषको पिता छैन। आमाले चिया बगानमा श्रमिकको रूपमा काम गरेर जसो-तसो घर धान्दै आइरहेकी छन्।

घटना घटेको तुरून्तैपछि वन विभागको डायना एवं बिन्नागुड़ी रेञ्जका कर्मचारीहरू घटनास्थलमा पुगे। बानरहाट थानाको पुलिस पनि केही समयपछि घटनास्थलमा पुग्यो। त्यसपछि अबेर राति बालकको क्षत-विक्षत शवलाई चिया बगानको झाड़ीबाट उद्धार गरियो। बगानका श्रमिकहरूको भनाइ छ, यस क्षेत्रमा विगत लामो समयदेखिकै चितुवाले आक्रमण गर्दै आइरहेको छ। तथापि वन विभागद्वारा कुनै सकारात्मक कारबाही गरिएको छैन।

उल्लेखनीय छ, पछिल्लो वर्षको 19 अक्टोबरमा पनि चितुवाले नागराकाटाको खेरकाटा गाउँमा सुशिला गुवाल नामक चौतो कक्षाकी छात्रालाई उसको आँगनबाटै लगेको थियो। पछि उसको क्षत-विक्षत शव खेरकाटाको जंगलबाट भेटिएको थियो। यसरी नै गत वर्षको जुलाईमा बानरहाटको तोतापारा चिया बगानमा पनि यसरी नै एक जना बालकको मृत्यु भएको थियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande