खरसाङ, 19 जुलाई (हि.स.)। राष्ट्रिय राजमार्ग 10 आज पनि बन्द रह्यो आवागमन सुचारू बनाउन कार्य युद्धस्तरमा चलिरहेको जानकारी प्राप्त भएको छ। आज बेलुकासम्म राष्ट्रिय राजमार्ग (एनएच) मा यातायात सुचारू बन्ने सम्भावना व्यक्त गरिएको बताइएको छ।
हिजो शुक्रवार बिहान लगभग 11:30 बजी पैह्रो गएर राजमार्ग बन्द भएको थियो। एनएच 10 अन्तर्गत बिरिक डाँडाको भुइँचालेमा पैह्रो झरेकाले राजमार्ग 10 पूर्ण रुपले बन्द भएको थियो। बाटो खुलाउने प्रयास निरन्तर जारी रहेको छ।
राष्ट्रिय राजमार्ग 10 बन्द भएपछि चालकहरु सडकमा नै सुत्न बाध्य बनेका थिए। साना गाडीहरु वैकल्पिक मार्ग भएर आवागमन गरिरहेका छन् भने ठूला गाडीहरु भने राष्ट्रिय राजमार्ग 10 खोलिने आशामा छन्।
हिजोदेखि बन्द रहेको राष्ट्रिय राजमार्ग 10 आज बेलुकीसम्म खोलिन सक्ने सम्भावना व्यक्त गरिएको छ। बाटो बन्द भएपछि टाडा टाडाबाट आएका ठूला गाडीहरुका चालकहरुले विभिन्न समस्या झेल्नु परिरहेको दुखेसो पोखेका छन्।
हिन्दुस्थान समाचार / हनोक