शहीद दिवसको तयारी द्रूत गतिमा, टीएमसी कार्यकर्ताहरू कोलकातामा भेला हुन थाले
शहीद दिवसको तयारी द्रूत गतिमा, टीएमसी कार्यकर्ताहरू कोलकातामा भेला हुन थाले


कोलकाता, 19 जुलाई (हि.स.)। आगामी 21 जुलाई, शहीद स्मरण दिवसलाई लिएर तृणमूल कंग्रेसले द्रूत गतिमा तयारी गरिरहेको छ। पार्टीको विशाल मञ्च सजिएर तयार भइसकेको छ भने कोलकातामा कार्यकर्ताहरू भेला हुन थालिसकेका छन्।

मालदह र मुर्शिदाबाद जिल्लाका टीएमसी कार्यकर्ताहरू सबैभन्दा बढ़ी संख्यामा कोलकाता आइरहेका छन्। यी जिल्लाहरूबाट आएका लगभग 25 हजार कार्यकर्ताहरूको निम्ति बस्ने लगायत अन्य आवश्यक व्यवस्था कसबाको गीताञ्जलि स्टेडियममा गरिएको छ। स्टेडियमको दुवै तलामा कार्यकर्ताहरूको निम्ति बस्ने व्यवस्था गरिएको छ भने सम्पूर्ण मैदानलाई घेरेर एउटा विशाल ह्यांगर पनि बनाइएको छ।

जानकारी मुताविक कार्यकर्ताहरू स्टेडियमका दुई भिन्न गेटहरूबाट प्रवेश गर्नेछन्। स्टेडियम परिसरमा दुईवटा मेडिकल क्याम्प र एम्बुलेन्सको व्यवस्था गरिएको छ ताकि कुनै पनि आपत स्थितिको सामना गर्न सकियोस्। साथै कार्यकर्ता अनि समर्थकहरूको लागि भोजनको व्यपस्था पनि टीएमसीको पक्षबाटै गरिएको छ।

यसैबीच कलकत्ता हाईकोर्टले आगामी 21 जुलाईको दिन शहरमा यातायात व्यवस्थालाई कायम राख्ने सन्दर्भमा दिशानिर्देश जारी गरेको छ। अदालतले आदेश दिएको छ, बिहान 8 बजीसम्म जुलूस निकाल्ने अनुमति रहनेछ भने बिहान 9 बजेपछि जहाँ पनि जुलूस हुन्छ त्यसलाई त्यहीँ रोक्नुपर्छ।

पुलिसलाई यो सुनिश्चित गर्ने निर्देश दिइएको छ, बिहान 9-देखि 11 बजीबीच कोलकाता शहरमा कुनै ट्राफिक जाम नहोस्।

गए शुक्रवार न्यायमूर्ति तिर्थंकर घोषले निर्देश दिँदै भने, हाई कोर्टसम्म जाने बाटो र त्यस वरिपरी 5 किलोमीटरको क्षेत्रमा ट्राफिक जाम नहोस्, यो कोलकाता पुलिस कमिश्नरको जिम्मेवारी हुनेछ। तथापि अदालतले यो पनि स्पष्ट पारेको छ, बिहान 11 बजीपछि जुलूस पहिला जस्तै अगाड़ि बढ़्नसक्छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande