नयाँ दिल्ली, 19 जुलाई (हि.स.)। उत्तर-पश्चिमी जिल्लाको विदेशी शाखाले गुप्त सूचनाको आधारमा मुखर्जी नगर क्षेत्रमा व्यापक कारबाही गर्दै तीन जना अवैध बंगलादेशी नागरिकहरूलाई पक्राउ गरेको छ। यो कारबाही गत 14-15 जुलाईको राति भएको हो।
पक्रा पर्ने सबै आरोपीहरू दिल्लीमा वैध दस्तावेजहरू बिनै बस्दै आइरहेका थिए। यिनीहरू कबाड़ बटुल्ने आड़मा चोरी तथा अन्य आपराधिक गतिविधिहरूमा लिप्त रहेको जाँचमा पत्तो लागेको छ। यिनीहरूको मोबाइल फोनमा प्रतिबन्धित आईएमओ एपको उपस्थिति तथा बंगलादेशसित सम्पर्क रहेको पुष्टि भएपछि यिनीहरूको जाँच गरियो। जाँचमा यिनीहरू बंगलादेशी रहेको पत्तो लाग्यो।
उत्तर-पश्चिमी जिल्लाका डीसीपी भीष्म सिंहले शनिवार उक्त आशयको जानकारी गराउँदै भने, पुलिसलाई गुप्त सूचना प्राप्त भएको थियो, मुखर्जी नगर क्षेत्रमा केही संदिग्ध मानिसहरूलाई राती घुम्दै गरेको देखिएको छ जो चोरी जस्ता गतिविधिहरूमा सामेल हुन सक्छन्। सूचनालाई मध्यनजर गर्दै जिल्लाको विदेशी शाखाका प्रभारी इन्स्पेक्टर विपिन कुमारको नेतृत्वमा टीम गठन गरियो।
टीमले मुखर्जी नगर क्षेत्रमा लगातार कैयौं रातसम्म निगरानी राख्यो अन्ततः गत 14-15 जुलाईको राति तीन जना संदिग्धहरूलाई समातियो।
पक्राउपछि आरोपीहरूसित गहन जाँचबुझ गरियो र उनीहरूको मोबाइल डेटाको तकनिकी जाँच गरी उनीहरूको बंगलादेशसित कनेक्शन रहेको पुष्टि गरियो। आरोपीहरूले यो पनि स्वीकार गरे, यिनीहरू बंगलादेशबाट अवैध रूपमा भारतमा प्रवेश गरेपछि दिल्लीका भिन्न-भिन्न स्थानहरूमा कबाड़ बटुल्नको साथै चोरी अनि राती अन्य अपराधहरूमा सामेल रहँदै आएका थिए। आरोपीहरूमा मोहम्मद अकरम हुसैन (43), खोकन मोल्ला उपनाम खोकन र मोहम्मद लाल मिया हवलदारको रूपमा भएको छ। पुलिसले यिनीहरूको कब्जाबाट तीनवटा जाली आईडी, तीन वटा स्मार्टफोन जफ्त गरेको छ। यी सबै आरोपीहरूलाई सूचना विदेशी क्षेत्रीय पञ्जीकरण कार्यालय (एफआरआरओ)-मा सुम्पिदिएको छ जहाँबाट यिनीहरूलाई डिटेन्शन सेन्टरमा पठाइएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा