कामपुरमा मादक पदार्थ सहित दुई तस्कर पक्राउ
कामपुरमा मादक पदार्थ सहित दुई तस्कर पक्राउ


नगाउँ (असम), 19 जुलाई (हि.स.)। गए शुक्रवार राती कछुवा पुलिसले एक विशेष अभियान संचालन गरी बरपानी चिया बगान क्षेत्रबाट नशालु पदार्थ सहित दुईजना तस्करहरू क्रमैले अब्दुल हसन र असादुल हसनलाई पक्राउ गऱ्यो।

पुलिसले आरोपीबाट एएस-02-वी-6588 नम्बरको एउटा बाइक र नम्बर बिनाको अर्को बाइक जफत गरेको छ। साथै 21 वटा कन्टेरमा राखिएको 2.39 ग्राम नशालु पदार्थ जफत गरिएको छ।

पुलिस सूत्र अनुसार यी दुवै आरोपी लामो समयदेखिको कछुवाका विभिन्न क्षेत्रहरूमा गुप्त रूपमा ड्रग्स तस्करी गर्दै आइरहेका थिए साथै नशाको अवैध धन्दामा संलिप्त थिए। यस कारबाहीको माध्यमबाट पुलिसले ड्रग नेटवर्कको एउटा महत्वपूर्ण भागलाई भंग गर्न सफलता हासिल गरेको छ।

हाल पुलिसले आरोपीसित जाँचबुझ गरिरहेको छ साथै सम्पूर्ण नेटवर्कको पत्तो लगाउनको लागि जाँच जारी छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande