जम्मू-कश्मीरको आधिकारिक भाषा उर्दूलाई नियोजित ढंगमा हटाएर त्यसको सट्टामा अंग्रेजीलाई ल्याएको आरोप लगाए वहिद पाराले
जम्मू-कश्मीरको आधिकारिक भाषा उर्दूलाई नियोजित ढंगमा हटाएर त्यसको सट्टामा अंग्रेजीलाई ल्याएको आरोप लगाए वहिद पाराले


श्रीनगर, 19 जुलाई (हि.स.)। पिपुल्स डेमोक्रेटिक पार्टी (पीडीपी)- का नेता औ पुलवामाका विधायक वहिद उर रहमान पाराले शनिवार नेशनल कन्फ्रेन्स नेतृत्वाधिन जम्मू-कश्मीर सरकारमाथि नयाँ डिजीटलीकरण अभियानबाट जम्मू-कश्मीरको आधिकारिक भाषा उर्दूलाई सुनियोजित ढंगमा हटाएर त्यसको स्थानमा अंग्रेजीलाई ल्याएको आरोप लगाए।

पाराले भने, पूर्खौंदेखिको राजस्व रेकर्डको अभिन्न अंग रहेको उर्दू भाषालाई पूर्ण रूपले हटाइँदैछ र सम्पूर्ण प्रक्रिया अंग्रेजीमा गरिँदैछ। उनले दाबी गरे, यस्तो कदम उठाउने आदेश स्वयं मुख्यमन्त्री उमर अब्दुल्लाले दिएका छन्, किनभने राजस्व विभागको कार्यभार उनीसित छ।

एक्समा एउटा पोस्ट गर्दै पाराले लेखे, जम्मू-कश्मीरका मुख्यमन्त्रीसित राजस्व विभाग छ र उनले जम्मू-कश्मीरमा भूमि रेकर्डको डिजीटलीकरण गर्ने थप आदेश दिएका छन्। यसपालि यो प्रक्रिया पूर्ण रूपले अंग्रेजीमा गरिँदैछ जसमा उर्दू भाषालाई पूर्ण रूपले हटाइएको छ जुन दशकौंदेखिको हाम्रो राजस्व रेकर्डको अभिन्न अंग रहिआएको छ।

उनले अझ भने, जम्मू-कश्मीरका आधिकारिक भाषाहरूमध्ये एक उर्दूलाई नेशनल कन्फ्रेन्स सरकारद्वारा नयाँ डिजीटलीकरणको माध्यमबाट सुनियोजित ढंगमा किन हटाइँदैछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande