पूर्व बर्दवान, 19 जुलाई (हि.स.)। पछिल्लो केही दिनदेखिको निरन्तर परिरहेको पानी तथा विभिन्न ब्यारजहरूबाट पानी छोड़िरहेकोले अजय र भगीरथी नदीको जलस्तर अचानक बढ़ेको छ। यसबाट सबैभन्दा अधिक पश्चिम बंगालको कटवा क्षेत्र अनि नदिया जिल्लाका गाउँहरू प्रभावित भएका छन्।
कटवाको पानुहाटस्थित दरानीपाड़ा तथा नदिया जिल्लाको नवाचर गाउँमा गत बिहीवार रातीदेखि नै पानी पस्न थालेको थियो। गाउँका सड़कहरूमा कम्मर-कम्मरसम्म पानी जमिएको छ जसको फलस्वरूप स्थानीय मानिसहरूको सम्पर्क विच्छिन्न भएकोछ। गाउँका खेतहरूमा पानी भरिएको छ जसबाट किसानहरूलाई ठूलो नोक्सान हुने सम्भावना छ। खेतमा अहिलेघरि पोटल र जुटको फसल छ जुन जलमग्न भएको छ।
अहिलेघरि नदीको जलस्तर खतराको सीमादेखि तल झरे पनि स्थिति चिन्ताजनकै छ। कटवा शहरका कटगोला पाड़ा, हरिसभा पाड़ा औ श्मशान घाट क्षेत्रमा जलस्तर मात्र बढ़ेको छैन, धाराको गति पनि तीव्र भएको छ। नदी किनारमा अवस्थित वार्ड नम्बर 8,9 र 10-का निवासीहरू भयभित भएका छन्।
शांखाई फेरी घाटमा जलस्तर बढ़ेको कारणले फ्लोटिंग जेटीलाई दुई पटक स्थानान्तरण गर्नु परेको छ। कटवा नगरपालिकाका चेयरम्यान सीर साहाले भने, प्रशासनले स्थितिमाथि नजर राखिरहेको छ।
शहरको भागीरथी तटवर्ती क्षेत्रमा घुँड़ा-घुँड़ासम्म पानी भरिएको छ। विशेष खालपाड़ा नजिक शांखाई फेरी घाट र अजय-भागीरथीको संगम स्थल सबै नै जलमग्न भएका छन्। शांखाई तथा बल्लवपाड़ा फेरी घाट पनि पूर्ण रूपले पानीमा डुबिसकेका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा