जापानी इन्सेफेलाइटिसले जलपाईगुड़ीमा महिलाको मृत्यु
जापानी इन्सेफेलाइटिसले जलपाईगुड़ीमा महिलाको मृत्यु


कोलकाता, 19 जुलाई (हि.स.)। डेंगूपछि अब जापानी इन्सेफेलाइटिस (जेई)- को जोखिम जलपाईगुड़ी जिल्लामा गहिरिँदै गइरहेको छ। पहाड़पुर गाउँकी 53 वर्षीय महिलाको संदिग्ध जेई संक्रमणको कारण मृत्यु भएको छ भने अर्को संक्रमित वृद्धले आईसीयूमा जीवनको लागि संघर्ष गरिरहेका छन्। जिल्ला प्रशासन, स्वास्थ्य विभाग औ पशु संसाधन विभागले यस सम्बन्धमा सतर्कता तथा जाँच अभियानलाई तीव्रता दिएको छ।

स्वास्थ्य विभागीय अधिकारीले शनिवार बताए, पहाड़पुर गाउँ निवासी उषा रायलाई जापानी इन्सेफेलाइटिसका लक्षणहरू देखिएपछि जलपाईगुड़ी मेडिक कलेज एवं अस्पतालमा भर्ती गरिएको थियो। केही दिनसम्म उपचार गरेपछि गत बिहीवार रात तिनको मृत्यु भयो। तथापि अहिलेसम्म यो स्पष्ट हुन सकेको छैन कि उनको मृत्यु जेई संक्रमणबाटै भएको हो वा होइन।स्वास्थ्य अधिकारीले बताए, महिलालाई एन्सेफालोप्याथी भएको थियो, तर यसको पछाड़ि जेई भाइरस हो वा अन्य कुनै कारण यसको जाँच गरिँदैछ।

यसरी नै बाहादुर ग्राम पञ्चायत क्षेत्रका निवासी 58 वर्षीय रूपलाल हाजरालाई पनि संदिग्ध जापानी एन्सेफेलाइटिसका लक्षणहरूको कारण नै जलपाईगुड़ी मेजिकल कलेजको आईसीयूमा भर्ती गरिएको छ। उनको परिवार अनुसार उनलाई गत 11 जुलाईको दिन ज्वरो आएको थियो।

चिकित्सकहरूको भनाइ छ, जापानी एन्सेफेलाइटिसको भाइरस मुख्य रूपमा क्यूलेक्स बिसनुई प्रजातिको लामखुट्टेको माध्यमबाट फैलिन्छ। यो भाइरस पहिला सुँगुरहरूको शरीरमा हुर्किन्छ र लामखुट्टेले सुँगुरलाई टोकेपछि भाइरस लामखुट्टेको रगतमा आउँछ। पछि त्यही लामखुट्टेले मानिसहरूलाई टोकेपछि यस्तो संक्रमण फैलिन्छ।

पशुपालन विभाग सक्रिय, सुँगुरलाई हटाउने निर्देश-

खतराको गम्भीरतालाई मध्यनजर गर्दै जिल्ला प्रशासन अनि सम्बन्धित विभागहरूको संयुक्त बैठक सम्पन्न भयो। पहाड़पुर र बहादुर ग्राम पञ्चायत क्षेत्रहरूमा व्यापक खोजी अभियान शुरू गरिएको छ। पहाड़पुरमा सुँगुरको फार्म भेटिएन, तर बहादुर गाउँमा दुईवटा सुँगुरको फार्म भेटियो जसलाई चाँड़ै हटाउने निर्देश दिइएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande