नयाँ दिल्ली, 19 जुलाई (हि.स.)। राजस्व गोप्य निदेशालय (डीआरआई) ले बेङ्गलुरूको केम्पेगौड़ा अन्तरराष्ट्रिय हवाई अड्डामा यात्रीबाट 40 करोड़ रूपियाँ मूल्यको 4 किलोभन्दा धेरै कोकीन जफत गऱ्यो र एक व्यक्तिलाई पक्राउ गऱ्यो।
वित्त मन्त्रालयले शनिवार जारी बयानमा बतायो, डीआरआईको बेङ्गलुरू क्षेत्रीय एकाईका अधिकारीहरूले शुक्रवार बिहान विशेष गोप्य जानकारीको आधारमा एक पुरूष यात्रीलाई बेङ्गलुरू अन्तरराष्ट्रिय हवाई अड्डामा 40 करोड़ रूपियाँ मूल्यको 4 किलोभन्दा अधिक कोकीनको साथ समात्यो।
डीआरआई अधिकारीहरूलाई उसको समाजको जाँच गर्दा थाहा लाग्यो कि उसित दुई सुपरहीरो कमिक्स थियो, जुन असामान्य तरीकाले भारी थियो। जाँचमा अधिकारीहरूले पत्रिकाहरूको कवरमा लुकाइएको सेतो रंगको पाउडर जफत गरे। जफत गरिएको कोकीनको ओजन 4,006 ग्राम (4 किलोभन्दा धेरै) थियो, जसको अन्तरराष्ट्रिय बाजारमा मूल्य लगभग 40 करोड़ रूपियाँ मापिएको छ।
मन्त्रालयले बतायो, उलाई एनडीपीएस अधिनियम 1985 को प्रावधानहरू अन्तर्गत पक्राउ गरियो। उसलाई 18 जुलाईमा न्यायिक हिरासतमा पठाइयो।
हिन्दुस्थान समाचार / भवानी थामी