नयाँ दिल्ली, 29 जुलाई (हि.स.)। दिल्लीको सीमा सुरक्षा बल (बीएसएफ) कार्यालयमा तैनाथ सहायक लेखा अधिकारी (एएओ) लाई सीबीआईले 40 हजार रूपियाँको घूस लिएको रेड ह्याण्डेड पक्राउ गरेको छ। यो कारबाही 18 जुलाईमा तब गरियो जब सीबीआईले शिकायत पायो कि बीएसएफ कार्यालयमा तैनाथ एएओ धर्मेन्द्र कुमार वर्माले दुई लाख रूपियाँको घूस मागिरहेको छ।
शिकायतकर्ताले बतायो, आरोपी एएओले उसको वेतन र बाकी बिलहरूको भुकतानको सट्टा 15 देखि 20 प्रतिशतको घूस मागेको थियो, जुन लगभग 20 लाख रूपियाँ हुन्थ्यो। बातचितमा शिकायकर्ताबाट पूरा राशि लिइने तय भयो। सीबीआईले यस मामिलालाई गम्भीरताले लियो र जाल फिजाएर आरोपी एएओलाई रेड ह्याण्डेड पक्राउ गऱ्यो।
एएओ धर्मेन्द्रलाई त्यस समय समातियो, जब उसले शिकायतकर्ताबाट 40,000 रूपियाँको पहिलो किस्तीको रूपमा घूस लिइरहेको थियो। यो राशि पूरा 2 लाख रूपियाँको मागको हिस्सा थियो। सीबीआईले उसलाई घटनास्थबाटै हिरासतमा लियो र अगड़ीको जाँच शुरू गरेको छ। अहिले सीबीआईले यस पूरा घोटालामा कस-कसको संलिप्तता छ, सो जान्ने प्रयास गरिरहेको छ। के अन्य अधिकारी वा कर्मचारी पनि यसमा लिप्त छन्, यसको पनि जाँच भइरहेको छ। पक्रा परेको आरोपीलाई न्यायालयमा पेश गरिनेछ र उ विरूद्ध कानूनी कारबाही गरिनेछ।
हिन्दुस्थान समाचार / भवानी थामी