पटना, 19 जुलाई (हि.स.)। पटनाको बेली रोड स्थित पारस एमआरआई अस्पतालमा गत बिहिवार चन्दन मिश्रा हत्या मामिलामा पटना पुलिस र बंगाल एसटीएफले शनिवार कोलकाताको सेटेलाइट टाउनशिपमा एक आवासीय परिसरबाट पाँच आरोपीलाई पक्राउ गरेको छ।
बंगाल एसटीएफको सूत्रहरू अनुसार, यी आरोपीहरूलाई शनिवार बिहानै पटना पुलिस र पश्चिम बंगाल एसटीएफको संयुक्त रूपमा गरिएको छापामारीपछि महानगरको सेटेलाइट टाउनशिप स्थित एक आवासीय परिसरबाट पक्राउ गरियो।
पक्रा परेका पाँचमध्ये चार आरोपी चन्दन मिश्रा हत्यामा सीझो रूपमा सामेल थिए। घटनापछि उनीहरू पटनादेखि भागेर कोलकाता आएका थिए। उनीहरूको मोबाइल फोन टावर लोकेशनबाट पुलिसलाई उनीहरूको पत्तो लगाउनमा मद्दत मिल्यो। अहिले यी आरोपीहरूको नाम उजागर गरिएको छैन। बिहार पुलिसले यिनीहरूलाई स्थानीय अदालतमा पेश गरी ट्रान्जिट रिमान्डको माग गर्नेछ।
यद्यपि, पटनाका वरीय पुलिस अधीक्षक (एसएसपी) कार्तिकेय शर्मासित सम्पर्क गर्दा उनले कारबाहीसित जोड़िएको अहम जानकारी दिए। पटना एसएसपीले यस दाबीलाई खारेज गर्दै अहिले यस्तो कुनैपनि गिरफ्तारी भएको छैन भने।
चन्दन मिश्रालाई 2014 मा कोलकाताम एसटीएफले पक्राउ गऱेको थियो र बक्सर सेन्ट्रल जेल पठाएको थियो। जहाँबाट उसलाई भागलपुर सेन्ट्रल जेल पठाइएको थियो।
बक्सर जेलको निवासी चन्दनमाथि हत्या, ब्याङ्क र आभूषणको दोकानमा डकैटी सहित 20 भन्दा धेरै आपराधिक मामिला दर्ता छ। उसलाई हालमा उपचारको निम्ति बेउर सेन्ट्रल जेलबाट 15 दिनको परोलमा रिहा गरिएको थियो, जुन 18 जुलाईमा समाप्त भइऱहेको थियो।
हिन्दुस्थान समाचार / भवानी थामी